टिभिएस टी–ट्वान्टीको उपाधि युथ एकाडेमी राजविराजलाई

टिभिएस टी–ट्वान्टीको उपाधि युथ एकाडेमी राजविराजलाई

दमक : झापाको सुरुङ्गामा भएको प्रथम टिभिएस टी– ट्वान्टीको उपाधि युथ एकाडेमी राजविराजले उचालेको छ । शुक्रबारको फाइनल खेलका विराटनगरको क्रिकेट क्लवलाई २ विकेटले पराजित गर्दै राजबिराजले उपाधि उचालेको हो ।

उपाधिसँगै राजविराजले नगद ५१ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बिराटनगरले ३१ हजार प्राप्त गर्यो । टस हारेर ब्याटिङ लाईनमा उत्रिएको विराटनगरले निर्धारित ओभरमा आफ्नो ९ विकेटको क्षतिमा १ सय ३२ रनको मध्यम स्तरको स्कोर बनाएको थियो । विराटनगरका तर्फबाट राष्ट्रिय टीमका सदस्यसमेत रहेका सिद्धान्त लोहनीले सर्वाधिक ३३ रन जोडेका थिए ।

यस्तै अमर राउटेलाले २५ रन जोड्दा अन्य खेलाडीले सम्झन लायक प्रर्दशन गरेका थिएनन् । राजविराजका तर्फबाट फिरदोज अन्सारीले ३ र दिवासु मल्लिकले २ विकेट लिएका थिए । राजविराजले आफ्नो १३३ रनको विजयी लक्ष्य ८ विकेटको क्षतिमा अन्तिम ३ वल बाँकी छँदै हासिल गरेको थियो ।

राजविराजका लागि अन्तिम ओभरमा १२ रनको आवश्यकता रहेको बेला ओभरको दोस्रो र तेस्रो बलमा लगातार छक्का प्रहार गर्दै राजविराजले जित सुनिश्चित गरेको थियो ।

राजविराजका लागि ब्याटस्म्यान राष्ट्रिय खेलाडी मेहबुब आलम चल्न नसके पनि अन्य ब्याट्सम्यानले खुलेर ब्याटिङ्ग गरेका थिए । प्रतियोगितामा राजविराजका लागि हासिम अन्सारीले ३९ रन र विवेक यादवले २४ रनको योगदान दिए ।

विराटनगरका बलर अजय राजवंशी र मन्दिप श्रेष्ठले समान २÷२ विकेट लिए पनि विराटनगरको हारलाई टार्न सकेनन् । प्रतियोगिताको फाइनल खेलको म्यान अफ द म्याच विराटनगरका हासिम अन्सारी घोषित भए । यसवापत उनले  नगद २ हजार प्राप्त गरे ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी राजविराजका महबुब आलम घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । प्रतियोगितामा सर्वोकृष्ट विकेट किप्पर भैरहवाका प्रज्जल थापा, सर्वोकृष्ट बलर आयोजक ह्वाइट वास क्रिकेट क्लवका दिपेश कँडेल, सर्वोत्कृष्ट ब्याट्सम्यान राजविराजका अमृत यादव घोषित भए । सबैले नगद ५ हजार तथा ट्रफी प्राप्त गरे ।

कनकाई सचेत युवा क्लव र ह्वाइटवास क्रिकेट क्लवको संयुुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालका ८ टीमको सहभागिता थियो । प्रतियोगितालाई कनकाई नगरपालिकाको सहायता थियो । प्रतियोगिता कनकाई माविको खेल मैदानमा असोज ६ गतेदेखि संचालन भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.