जमराको व्यावसायिक उत्पादन

जमराको व्यावसायिक उत्पादन

तुलसीपुर : जमराको जुस उत्पादन गर्न दाङमा गहुको जमराको व्यावसायिक खेती सुरु गरिएको छ। दाङको तुलसीपुर, घोराहीलगायत क्षेत्रमा यसको व्यावसायिक उत्पादन हुन थालेको छ। घोराही क्षेत्रका दुई स्थान र तुलसीपुरका तीन ठाउँमा जमराको व्यावसायिक उत्पादन सुरु गरिएको हो ।

जमराको जुसले शरीरलाई स्वास्थ्य बनाउने र विभिन्न रोगको निवारण गर्न प्रभावकारी देखिएपछि योग साधक यो व्यवसायमा हात हाल्न थालेका हुन्। बजारमा व्यावसायिक जमरा र जमराको जुस उत्पादन गरेकाले राम्रो आम्दानीसमेत गर्ने गरेको बताएका छन्। स्थान हेरेर जमराको जुसको ३० एमएलको ३० रुपैयाँदेखि एक सय ३० रुपैयाँसम्म मूल्य रहेको र त्यहीअनुसार आम्दानी पनि बढ्दै गएको उनीहरूको भनाइ छ ।

जमरा र जमराको जुस उत्पादन गरिरहेकी तुलसीपुरकी सरला लामिछानेले दैनिक एक सय जनालाई जुस उपलब्ध गराउन सफल भएको बताइन्। ‘मानव स्वास्थ्यका लागि राम्रो हुने देखेर यो व्यवसाय सुरु गरेको छु’, लामिछानेले भनिन्, ‘अहिलेसम्म राम्रो छ, माग बढ्दै गए उत्पादन पनि बढाउने सोचमा छु ।’ सबै मानिसले बिहान दैनिक खाली पेटमा ३० एमएल जमराको जुस नियमित तीन महिनासम्म सेवन गर्न सके सबै प्रकारका रोगको औषधि हुने विश्वास गरिन्छ ।

तीन महिना प्रयोग गरिसकेकाले केही समय बन्द गरेर पुनः सेवन सुरु गरे स्वास्थ्यका लागि अत्यन्त उपयोगी हुने आयुर्वेद शिक्षण अस्पताल क्याम्पस प्रमुख डा। सुनीलकुमारले बताए। यसले क्यानसर निको पार्ने, शरीरमा हेमोग्लोबिन बढाउने र शरीरमा स्फूर्ती र स्मरण शक्ति बढाउने उनले बताए ।

लगानी, श्रम कम लाग्ने र घरमै गर्न सकिने यो व्यवसायबाट आम्दानीसमेत राम्रो हुने देखिएपछि जमराको व्यावसायिक उत्पादन गर्ने दाङमा बढिरहेको योग शिक्षक घनश्याम अधिकारीले बताए। ‘जौ भन्दा गहुको जमराबाट निकालिएको जुस बढी प्रभावकारी देखिएपछि यो व्यवसाय जिल्लामा बढी नै रहेको छ’, अधिकारीले भने, ‘यसको विशेषता बुझेकाले नियमित जमराको जुस प्रयोग गर्न थालेपछि आम्दानी पनि राम्रै भएको देखिन्छ ।’ क्यान्सरलगायत रोग जमराको जुसबाटै निराकरण भएको र जुसमा केही जडीबुटी मिसाउँदा झनै उयपोगी हुने उनले बताए। ‘मैले पनि केही रोगको निवारणमा यसको प्रयोग गरेको छु’, उनले भने, ‘उपयोगी भएको छ ।’

सात देखि नौ दिनसम्मको जमरालाई जुस बनाएर खान सके धेरै फाइदा हुने योग गुरु देवराम आचार्यले बताए। यो व्यवसायले समाजलाई समेत स्वस्थ बनाउने उनको भनाइ छ। यो उत्पादनलाई व्यवस्थित गर्न सके अझ राम्रो हुने उनले बताए। जमराको जुसले विभिन्न रोगको निवारण हुने र शरीर स्वस्थ्य हुने भएपछि अहिले जिल्लामा जमराको जुसको व्यावसायिक उत्पादन र प्रयोग बढेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.