कांग्रेसको जागरण अभियान अलपत्र

कांग्रेसको जागरण अभियान अलपत्र

काठमाडौं : वैशाख १६ मा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले केन्द्र, प्रदेश र स्थानीय तहलाई समेटेर ‘एकीकृत राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गर्‍यो। पार्टीका शीर्ष नेतालाई देशव्यापी जागरण अभियानमा संलग्न गराई त्यसमार्फत पार्टीभित्रको आन्तरिक मनोविज्ञानमा परिवर्तन ल्याउने उसको भित्री उद्देश्य थियो। तर पार्टी केन्द्रीय समिति निर्णयको साढे चार महिना बितिसक्दा पनि बैठकबारे कुनै सुरसार छैन।

अहिले प्रभावशाली सबै कांग्रेसका केन्द्रीय नेता जिल्ला दौडमा छन्। नेताहरू आआफ्नै ढंगले जिल्ला दौडाहा गएकाले जागरण अभियान सञ्चालनमा कठिनाइ भएको केही नेताको तर्क छ। मंसिरमा हुने महासमिति भेलाअघिसम्म जागरण अभियानले ठोस रूप लिन नसक्ने नेताहरू नै बताउँछन्।

पार्टी नेतृत्व एकपछि अर्को राष्ट्रिय मुद्दामा व्यस्त भएकाले घोषित कार्यक्रममा केही ढिला भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा स्विकार्छन्। ‘सरकारका गतिविधिका कारण पनि पार्टीको आन्तरिक काम प्रभावित भएका छन्’, उनले भने।

यद्यपि वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीसहित युवा नेता गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे, स्वयं प्रवक्ता शर्मा पछिल्लो समय पार्टीको कार्यक्रम भन्दै जिल्ला दौडाहामा निस्कने फर्कने गरिरहेका छन्।

सभापति शेरबहादुर देउवाको कार्यशैलीमाथि टिप्पणी गर्ने नेता बढी नै जिल्ला दौडाहामा गएका छन्। देउवा, महामन्त्री शशांक कोइराला पनि बेलाबेलामा जिल्ला दौडाहा गएका देखिन्छन्।

कांग्रेस नेताहरू कांग्रेस जनसम्पर्क समितिको कार्यक्रम भन्दै विदेशसमेत जान थालेका छन्। जनसम्पर्क समितिको नाउँमा उपसभापति विमलेन्द्र निधि, प्रवक्ता शर्मासँगै युवा नेता थापा र पौडेललगायत पनि विदेश गए।

वरिष्ठ नेता पौडेल पनि सोही ब्यानरमा अहिले विदेशमै छन्। प्रवक्ता शर्माले नेताहरू जुनसुकै ब्यानर बोकेर गए पनि पार्टीका विभिन्न तहका साथीहरूको भेटघाटले पार्टीलाई फाइदै पुर्‍याएको दाबी गरे।

‘अहिले पार्टीले विधान बनाउनेदेखि महासमिति भेलासम्मको तयारी सुरु गरिसकेको छ, यो पनि एक प्रकारको पार्टी जागरण अभियान नै हो’, उनले भने। यद्यपि मेचीदेखि महाकालीसम्म पार्टीले चाँडै जागरण अभियान सञ्चालन गर्ने उनले बताए।

जेठ मसान्तभित्र जिल्ला सभापति भेला गर्ने र भदौ मसान्तभित्र महासमिति भेला गर्ने निर्णय पनि १६ वैशाखकै बैठकले गरेको थियो। असार पहिलो साता जिल्ला सभापति भेला गरेको कांग्रेसले मंसिर ५ देखि काठमाडौंमा महासमिति भेला गर्ने निर्णय गरेको छ।

पार्टीभित्र व्यापक सुधारको खाँचो औंल्याएका कांग्रेस नेताहरूले पार्टीभित्र जागरण अभियान र प्रशिक्षण अभियानको आवश्यकता रहेको धारणा व्यक्त गर्छन्।

प्रशिक्षणका लागि उपसभापतिमा विमलेन्द्र निधि नियुक्त भएपछि नीति तथा प्रशिक्षण प्रतिष्ठान सक्रिय भएजस्तो देखिए पनि प्रतिष्ठानले अहिलेसम्म औपचारिक प्रशिक्षण कार्यक्रम भने घोषणा गर्न सकेको छैन।

उपसभापतिमा निधिले प्रतिष्ठान निर्देशक पुरुषोत्तम दाहाललाई चयन गरे पनि प्रतिष्ठानले पूर्णता भने पाइसकेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.