ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु

तौलिहवा : कपिलवस्तुको चारनम्बरमा शुक्रबार राति सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । अर्का एक युवक घाइते भएका छन् । पश्चिमबाट पूर्व आउँदै गरेको लु ३७ प ९२५० नं. को मोटरसाईकललाई विपरित दिशाबाट आइरहेको लु १ ख ६७९२ नं को ट्रकले ठक्कर दिँदा मोटरसाइलमा सवार दुई जना गम्भीर घाइते भएका थिए।

 घाइते दुवै जनालाई कपिलवस्तुमा उपचार सम्भव नभएपछि बुटबल पठाइएको थियो । घाइते मध्येरुपन्देही कन्चन गाउँपालिका रुद्रपुरका निश्चल थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

अर्का रुपन्देही सैनामैना नगरपालिका सालझण्डीका मोहन थापालाई थप उपचारको लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जना रुपन्देहीको नवप्रभात माध्यमिक विद्यालय सालझण्डीमा कक्षा १० मा अध्ययरत थिए । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक चन्द्र बहादुर केसीले जानकारी दिए।

यसअघि पनि सोही ठाउँमा पटक पटक सवारी दुघर्टना भएको स्थानीयले बताएका छन् । रातको समयमा सडकको दुवै पट्टी ट्रक र टिप्पर लस्कर लगाएर रोकेर राख्दा सवारी दुर्घटना बेढेको स्थानीयको भनाइ छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.