विश्व मुटु दिवसमा गुल्मीमा वृहत कार्यक्रम
गुल्मी : शनिबार (सेप्टेम्बर २९) विश्व मुटुदिवस हो । मुटु मानव शीरको सबैभन्दा महत्वपूर्ण अंग हो । पछिल्लो समय खानपान र हेलचक्राइ, शरीरिक कसरतको कमी जस्ता कारणले मुटुका बिरामी बढ्न थालेका छन् ।
शनिबार गुल्मीमा ‘हाम्रो मुटु स्वस्थ मुटु’ भन्ने नाराकासाथ विश्व मुटु दिवस मनाइएको छ । दुईदिने वृहत स्वास्थ्य शिविरको आयोजना गरी मुटु दिवसलाई भव्यताका साथ मनाइएको नेपाल हृदयरोग प्रतिष्ठान गुल्मीका अध्यक्ष अखिलेश्वर पाण्डेले बताए ।
यसै अवसरमा दिउँसो गृहमन्त्री राम बहादुर‘बादल’ थापाले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको पाण्डेले बताए ।