सरकारविरूद्ध आन्दोलन गर्ने कांग्रेसको चेतावनी

सरकारविरूद्ध आन्दोलन गर्ने कांग्रेसको चेतावनी

बुटवल : नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जनतासँग सरोकार राख्ने विषयमा राष्ट्रिय र स्थानीयस्तरबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

नेपाली काङ्ग्रेस रुपन्देही क्षेत्र नं ३ ले शनिबार भैरहवामा गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले भष्ट्राचार, बलात्कार, हत्या, हिंसा र महङ्गी बढ्दा सरकार संवेदनशील नदेखिएको आरोप लगाए । 

सरकार संवेदनशील नभएकैले गर्दा कांग्रेसले जनजीविकाको सबालमा स्थानीय र राष्ट्रिय तहबाट आन्दोलन गर्ने बताएका हुन् । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य जीवन परियारले सरकारले हत्या, हिंसा र बलात्कारका आरोपीलाई कारवाही गर्न नसकेको आरोप लगाए । 

उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई अहिले कारवाही गर्न नसकेको भन्दै सरकारको आलोचना गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.