जंगली हात्तीले हैरान

जंगली हात्तीले हैरान

भद्रपुर : झापा भद्रपुर–९ र १० का स्थानीय दुई सातायता जंगली हात्तीबाट आक्रान्त बनेका छन्। प्रायः रात परेपछि हात्तीले स्थानीयका घर भत्काइदिने र बालीनाली खाइदिने गरेको छ। ‘दसैंका लागि भनी १० मन बासमती धान कुटाएर राखेको बाकस नै लडाएर सबै चामल खाएछ’, भद्रपुर–९ का कमल बरालले भने, ‘दिनभर श्राद्ध गरेर राति छिट्टै सुत्यौं, हात्ती आयो भनेर छिमेकीले हल्ला गर्दा पनि केही थाहा पाएनौं।

आँगनमा घरभन्दा ठूला चारवटा र पछाडि दुइटाले छाना उधिन्दै रहेछ ।’ मुटुले काम गर्न छाडेजस्तो भएको सुनाउँदै उनले भित्र सुतेकी श्रीमती र नातिलाई घिसारेर बारीमा पुर्‍याएको बताए। भने, ‘बल्लतल्ल ज्यान बचायौं ।’ २७ वर्षअघि बसाइँ आएको बराल परिवारलाई यस्तो आपत् आइलागेको थिएन। ‘पहिला हात्ती आउँथे र केराका बोट लछारपछार पार्थे’, बरालपत्नी सीताले भनिन्, ‘अहिले त घरभित्रकै नुन, भुस, चिनी, आँटा सबै खोजी–खोजी आधा खाई बाँकी भुइँभरि छर्न थाले ।’

गत वर्षसम्म एक–दुई वटा हात्ती मात्र निस्किने गर्थे। तर, यो वर्ष झुन्ड नै बनाएर बस्ती छिर्ने गरेको भद्रपुर–१० का रमेश न्यौपानेले बताए। यसपटक भने ठूलो संख्यामा हात्ती आएका र घरमै उधुम मच्चाएको उनको भनाइ छ

साइरनयुक्त गाडी बजाउँदा हात्ती भाग्ने गर्छ। तर, जिल्ला वन कार्यालयले गाडी नल्याइदिँदा हात्तीका कारण दुःख पाइरहेको गुनासो स्थानीयले गरेका छन्। गस्तीका प्रहरी साइरन बजाउँदै गाडीमा आए पनि हात्ती आतंक नियन्त्रण गर्नुको साटो उल्टै स्थानीयलाई तथानाम बोल्दै हिँड्ने गरेको स्थानीय बताउँछन्। प्रहरीले अघिल्लो रात पनि साइरनवाला गाडी ल्याएर बजाइदिएको भए हात्ती भाग्ने र आफूहरूले दुःख नपाउने स्थानीयको भनाइ छ।

 

राति १० बजेपछि जंगलबाट गाउँ छिर्ने गरेका हात्तीले दुई सातादेखि स्थानीयलाई सुत्नै दिएको छैन। हुल बाँधेर हिँड्ने ती हात्तीले पसाउन लागेको धान माडेर सखाप पारेका छन्। दुई वटा घर ध्वस्त बनाएको स्थानीय जनप्रतिनिधि भक्तबहादुर भुजेलले बताए। स्थानीयवासी रातभर निद्रा माया मारी खेत कुरेर बसेका हुन्छन्। नगरपालिकासँग साइरनयुक्त गाडी नहुँदा हात्ती आतंक नियन्त्रण गर्न नसकिएको भुजेलको भनाइ छ ।

हात्तीले गरेको जनधनको क्षतिबारे यकिन गर्न नसकिएको जिल्ला वन प्रमुख बोधराज सुवेदीले बताए। उनका अनुसार जिल्लामा एउटा मात्र साइरनयुक्त गाडी उपलब्ध छ। त्यही पनि केही दिनयता बिग्रिएकाले मर्मतका लागि पठाइएको उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.