विषादी मापन प्रयोगशाला कसकाे मातहत ?

विषादी मापन प्रयोगशाला कसकाे मातहत ?

बिर्तामोड : झापाको बिर्तामोडमा रहेको विषादी मापन प्रयोगशालाको व्यवस्थापन कसले गर्ने भन्ने निर्णय हुन सकेको छैन । यही कारण प्रयोगशालाको काम प्रभावित भएको छ भने तीन कर्मचारीले पारिश्रमिक पाउन सकेका छैनन् । ल्याब सञ्चालनका लागि राखिएका सामग्री बिग्रिए पनि मर्मत हुन सकेको छैन ।

कृषि मन्त्रालय, बाली संरक्षण निर्देशनालय र व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) नेपालको संयुक्त लगानीमा तीन वर्षअघि प्रयोगशाला स्थापना भएको थियो । यो प्रयोगशालाले प्रदेश १ मा उत्पादन हुने र भित्रिने तरकारी र फलफूलको विषादी मापन गर्दै आएको थियो । प्याक्ट हटेको र अब प्रयोगशालालाई केन्द्रीय कृषि प्रयोगशाला वा विषादी मापन केन्द्र कसले हेर्ने भन्ने निर्णय नहुँदा प्रयोगशालाको अवस्था भद्रगोल भएको हो । यसअघि कार्यालय सञ्चालनदेखि कर्मचारीलाई तलबसमेत निर्देशनालयले व्यवस्थापन गर्दै आएको थियो ।

साउनदेखि तलब र कार्यालय सञ्चालनका लागि आउने रकम रोकिएको प्राविधिक सहायक अञ्जु आचार्यले बताइन् । ‘पहिले बाली संरक्षण निर्देशनालय मातहतमै सञ्चालनमा थियौं’, उनले भनिन्, ‘अहिले प्रयोगशाला केन्द्रीय कृषि प्रयोगशाला वा विषादी मापन केन्द्र कसले हेर्ने भन्ने दोधार भएकाले यो समस्या आएको बताएका छन् ।’

प्रयोगशाला सञ्चालनमा सहयोग गर्दै आएको प्याक्टको पनि समय सकिएकाले यो प्रयोगशाला बाली संरक्षण निर्देशनालय मातहत थियो । ‘अब प्रयोगशाला सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा केन्द्रीय कृषि प्रयोगशाला वा विषादी मापन केन्द्र कसले लिने भन्नेबारे केही सातामै निर्णय हुने जवाफ केन्द्रबाट पाउनु बाहेक अहिले केही सुविधा पाएको छैन’, उनले भनिन् ।

उनका अनुसार चाँडै निर्णय हुने आसमा कर्मचारीले कार्यालयमा आएर काम भने गरिरहेका छन् । ‘हामी आउँछौं सकेजति काम गरिरहेका छौं तर सामान बिग्रिएर भनेजति काम गर्न सकिएको छैन’, उनले भनिन्, ‘लथालिंग अवस्थामा काम गर्नुपर्ने बाध्यता छ ।’ एउटै कोठामा बसेर ल्याबदेखि कार्यालयसम्म चलाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । रसायनदेखि नमुना र कार्यालयको फाइल अनि मान्छे पनि एकै ठाउँ बस्दा असुरक्षित रहेको कर्मचारीको गुनासो छ ।

ल्याब सञ्चालनका लागि जोडिएको इन्भर्टरसमेत चार दिनदेखि बिग्रिएपछि लाइन आएको समयमा मात्रै काम गर्नुपर्ने कर्मचारीको बाध्यता छ । ‘पहिले ल्याब सञ्चालनका लागि इन्भर्टर दिएको थियो, रकम नहुँदा त्यो पनि स्थानीय प्राविधिकलाई बिनापारि श्रमिक जोड्न लगायौं’, उनले भनिन्, ‘अब इन्भर्टर नै बिग्रिएको छ न जोड्न र मर्मतका लागि रकम नै छ न त राम्ररी बत्ती नै आउँछ ।’

अब मर्मतका लागि कहाँ रकम माग्ने भन्ने निश्चित ठाउँ पनि नरहेको उनको भनाइ छ । ‘केन्द्रले दुईमध्ये एक स्थानबाट होला भनेको छ’, उनले भनिन्, ‘यता केही निर्णय आएको छैन, काम गर्न पूरै समस्या छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.