सिद्धार्थ यातायातले बढेको भाडा लिएन, पुरानै दरमा यात्रु बोक्दै

सिद्धार्थ यातायातले बढेको भाडा लिएन, पुरानै दरमा यात्रु बोक्दै

भैरहवा : भैरहवामा केन्द्रीय कार्यालयमा रहेको सिद्धार्थ यातायात प्रालिले पुरानै भाडादरमा यात्रुलाई सेवा दिने भएको छ । सरकारले आफैँ खारेज गरेको यातायात समितिसँग झुक्दै दशै तिहारको मुखमा सार्वजनिक यातायातको दश प्रतिशत भाडा वृद्धि गर्न सम्झौता गरेको थियो । 

तर, सिद्धार्थ यातायात प्रालिको भैरहवामा बसेको बैठकले दशैँ तिहारको मुखमा सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गर्दा जनतालाई असर पर्ने भएकाले भाडा वृद्धि नगरी पुरानै भाडादरमा सेवा प्रदान निर्णय गरेको छ ।

तर, जिल्लामा सञ्चालित अन्य यातायात व्यवसायी समितीले सरकारको निर्णय अनुसार भाडामा थप १० प्रतिशत बढाएर सेवा प्रदान गरिरहेका छन् । दशै तिहारको मुखमा १० प्रतिशत भाडा वृद्धि गर्दा सरकारको चौतर्फी आलोचना भइरहेको बेला प्रालिले १० प्रतिशत भाडा वृद्धि नगरी पुरानै भाडादरमा सेवा दिने निर्णय गरेको हो । 

प्रालिका अध्यक्ष सूर्यकुमार सारु मगरले चाडपर्वको बेला भाडा वृद्धि गर्दा आम नागरिकमा नकारात्मक सन्देश जानुका साथै यात्रुहरु समस्यामा पर्ने भएकाले प्रालिले १० प्रतिशत भाडा वृद्धि नगरी पुरानै भाडादरमा यात्रुहरुलाई सेवा दिने निर्णय भएको बताए ।

उनले वैज्ञानिक भाडादर कायम गर्न गठित सरकारी कार्यदलले यही मंसिर २९ गते बुझाउने भनिएको प्रतिवेदन कार्यान्वयनमा नआउदाँ सम्म पुरानै भाडादरमा प्रालिले यात्रुहरुलाई सेवा प्रदान गर्ने बताए । उनले आफुहरुको कम्पनी नाफा कमाउने भन्दा पनि सेवामूलक कम्पनीको रुपमा स्थापित गर्ने उद्देश्यले संचालनमा ल्याइएको बताउँदै त्यही अनुसार अगाडी बढेको बताए ।

त्यस्तै अध्यक्ष सारु मगरले भारतमा कार्यरत नेपालीहरु चाडपर्व मनाउने घर फर्किने क्रममा बीच बाटोमा लुटिएर बेखर्ची हुने हुदाँ त्यस्ता पीडित यात्रुहरुलाई प्रालिले आफ्नो यातायातमा निःशुल्क उनीहरुको गन्तव्यसम्म पुर्याउने बताए । 

उनले यातायात कम्पनीका चालक, सहचालक कसैले यात्रुलाई दुर्व्यवहार, बढी भाडा लिएको वा अन्य कानुनको उल्लंघन गर्ने कार्य गरेको पाइएमा तत्काल उजुृरी गर्न आग्रह गर्दै त्यस्ता चालक तथा सहचालकलाई तत्काल कारवाही गरिने बताए ।

प्रालिले विभिन्न जिल्लामा यातायात मार्फत सेवा दिदै आएको छ । दशै अघि नै प्रालिले स्थानिय स्तरमा समेत एसी बस संचालन गर्ने तयारी गरेको जनाएको छ । सरकारले यातायात व्यवसायी समिती खारेज गर्ने निर्णय गरे पश्चात प्रालि संचालनमा आएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.