भाउ नपाउँदा गोदाममै थन्कियो अलैंची

भाउ नपाउँदा गोदाममै थन्कियो अलैंची

ओखलढुंगा : ओखलढुंगाका किसानले लगाएको अलैंची तीन वर्षयता बिक्री हुन सकेको छैन। बजार भाउ नपाएपछि किसानले अलैंची बिक्री नगरी गोदाममा थन्क्याएका छन्। बर्सेनि बजार भाउ घटेपछि किसानले भाउ बढ्ने आशमा बिक्री नगरी राखेका हुन्। अघिल्ला वर्षदेखि भाउ बढ्ने आशमा किसानले अलैंची ठेकेदारलाई नदिई गोदाममा राखेका छन्।

अहिले पनि भाउ घटेपछि किसान चिन्तित भएका छन्। ‘दुई वर्षको अलैंची गोदाममै छ, यो वर्ष पनि भाउ घट्यो’, रावादोलुका किसान टेकबहादुर खड्काले भने। तीन वर्षदेखि अलैंची नबेचे पनि झन्झन् बजार भाउ घटेर लगानी नै नउठ्ने अवस्था आएको खड्काको भनाइ छ। उनी मात्र होइन खिजीदेम्बा गाउँपालिकाकाका रावादोलु, भूसिंगालगायत स्थानका किसानले लगाएको अलैंची बिक्री नभएपछि गोदाममै थन्किएको हो। कतिपयले घाटा परेर बिक्री गरे पनि कतिले बिक्री नगरी भाउ पर्खेर बसेका छन्।

‘घाटा परेर बेच्नुभन्दा भैंसीलाई खुवाइन्छ, दुई वर्षअघिको समेत अलैंची बाँकी छ’ खड्काले हास्दै भने। उनले बजार पाउँदा वार्षिक पाँच लाखको अलैंची बेच्दै आए पनि दुई वर्षयता बेच्न सकेका छैनन्। ती वर्ष पहिलोसम्म घरमै ठेकेदार आएर प्रतिकेजी दुई हजार रुपैयाँभन्दा बढी दिएको किसानको भनाइ छ। अहिले भाउ घटेर चार पाँच सयमा झरेपछि किसान चिन्तित बनेका हुन्।

भाउ बढ्ने आशमा किसानले अलैंची ठेकेदारलाई नदिई गोदाममा राखेका छन्।

दुर्गम गाउँका किसान मात्र होइन सदरमुकाम आसपासका किसानले लगाएको अलैंची समेत बिक्री भएको छैन। बिक्री नभएपछि किसानले अलैंची गोदाममा थन्क्याउनु परेको छ। व्यापारीमार्फत दुई हजार रुपैयाँभन्दा बढी मूल्यमा बिक्री हुँदै आएको अलैंची गत वर्ष बिक्री नै भएन। सिद्धिचरण नगरपालिकाको अँधेरी र असिने गाउँमा मात्रै ४० जनाभन्दा बढी अलैंची किसान छन्।

अलैंची बिक्री नहुँदा अघिल्लो वर्ष उत्पादन भएको अलैंची बोरामा पोको पारेर राखिएको स्थानीय किसान श्यामलाल खत्रीले बताए। उनले भने, ‘फाइदा हुन्छ भन्ने आशले अलैंची खेती थालियो, अहिले आएर अलैंची बिक्री नभएपछि समस्यामा परियो।’ खत्रीले पाँच रोपनीभन्दा बढी क्षेत्रमा अलैंची खेती गरेका छन्। यस वर्ष पनि अलैंची बिक्री नभए वैकल्पिक खेती गर्ने योजना बनाएको उनले बताए।

अलैंची बिक्री नहुँदा गाउँमा उत्पादन भएको चार क्विन्टल अलैंची खेर जाने अवस्था आएको खत्रीको भनाइ छ। जिल्लामा केही वर्ष अघिदेखि मात्रै किसान अलैंची खेतीमा जुटेका थिए। गाउँघरमा बजार नपाएपछि किसानले कौडीको भाउमा अलैंची दिने गरेको उद्योग वाणिज्य संघका सचिव नवराज दाहालले बताए। देशबाहिर निकासी हुने भएकाले भाउ घटेर आएपछि उत्पादक किसान झन मारमा परेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.