‘फुटबल नै नबुझेको रेफ्रीका कारण हार्‍यौं'

‘फुटबल नै नबुझेको रेफ्रीका कारण हार्‍यौं'

विराटनगर : भारतको आगरामा आयोजित एसियन यू-१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ । प्रतियोगिताको ४६औं संस्करण सकिँदा पहिलोपटक सहभागी भएको नेपाली टोली आइतबार राति विराटनगर आइपुगेको हो । प्रतियोगितामा सहभागी हुन् २० खेलाडीसहित २८ सदस्यीय टोली असोज ४ गते भारत गएको थियो ।

प्रतियोगितामा नेपाल छैटौं बनेर फर्किएको हो । नेपाली टोलीका व्यवस्थापक एवं अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य रूपेश अधिकारीले उपाधि रक्षा गर्ने प्रबल सम्भावना हुँदाहुँदै पनि आयोजकको कमजोरीका कारण नेपाली टोली पछि परेको बताए । ‘पहिलोपटक सहभागी भएका कारण पनि यो छैटौं स्थानलाई राम्रै उपलब्धिका रूपमा लिएका छौं’, सोमबार आयोजित पत्रकार सम्मेलनमा अधिकारीले भने ।

उनले अन्य राष्ट्रका टोली सबै हिसाबमा मजबुत रहेको प्रतिक्रिया दिए । अधिकारीले आयोजकले रेफ्री छनोटमा ध्यान पुर्‍याउन नसक्दा नेपाली टोलीलाई घाटा लागेको पनि बताए । ‘हामी पनि एक हिसाबको तयारी गरेर गएका थियौं । अन्य टोली ठूलो तयारीका साथ आएका रहेछन्’, उनले भने, ‘तर आयोजकले फुटबल बुझ्दै नबुझेका रेफ्री छनोट गरेका कारण हामीले उपाधिबाट वञ्चित हुनु पर्‍यो । यसलाई हामीले आयोजकको कमजोरीका रूपमा लिएका छौं ।’

अधिकारीले खेलका क्रममा रेफ्रीले दिएका थुप्रै निर्णयप्रति आपत्ति जनाउँदै आयोजकलाई प्रतियोगितामा सहभागी अन्य देशले पनि यस विषयमा गुनासो पोखेको बताए । ‘थाइल्यान्ड, इन्डोनेसिया, भारत, चीनजस्ता बलिया टोलीसँग पनि नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो,’ उनले भने, ‘तर, हामीले रेफ्रीको गलत निर्णयको सिकार बन्नु पर्‍यो ।’ प्रतियोगिताका लागि अन्य देशले गरेको तयारी नेपालको भन्दा धेरै उत्कृष्ट रहेको पनि उनले बताए । अधिकारीले प्रतियोगितामा सहभागीमध्ये थाइल्यान्ड, इन्डोनेसिया र चीनसँग मैत्रीपूर्ण खेलका लागि आफूहरूले तयारी थालेको जानकारी पनि दिए ।

‘प्रतियोगिताका लागि आयोजकले प्रत्येक देशबाट फिफा रेफ्री मगाएको थियो । तर, नेपालबाट मात्रै फिफा रेफ्री गएको पायौं । अरू देशबाट फिफा रेफ्री नै आएका थिएनन्’, नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले भने । उनले विज्ञ रेफ्रीले प्रतियोगिता खेलाउनुपर्नेमा आयोजक त्यसमा चुकेको प्रतिक्रिया दिए । ‘हामीले थाइल्यान्ड र इन्डोनेसियासँगको खेल रेफ्रीकै गलत निर्णयका कारण गुमाउनु पर्‍यो’, उनले भने, ‘नेपालले डिबक्सबाहिर फल गर्दा पनि विपक्षीलाई पेनाल्टीको अवसर दिइयो तर अरूले डिबक्सभित्र फल गर्दासमेत नेपाललाई भने फ्रिकिक प्रहारको अवसर मात्र दिइयो ।’

नेपाली टोलीका कप्तान दिनेश हेन्जनले प्रतियोगितामा आफूहरूले सोचेभन्दा राम्रो प्रदर्शन गरेको बताए । ‘सबै टिमसँगको खेल निकै प्रतिस्पर्धात्मक थियो’, उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव हासिल गर्ने मौका पनि पायौं ।’ प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, आयोजक भारत, चीन, श्रीलंका, भुटान र अफगानिस्तानले सहभागिता जनाएका थिए । प्रतियोगितामा थाइल्यान्ड विजेता र इन्डोनेसिया उपविजेता बने ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.