क्यान्सर पीडितलाई सहाराको २५ लाख सहयोग

क्यान्सर पीडितलाई सहाराको २५ लाख सहयोग

बिर्तामोड : झापामा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सातजना क्यान्सर पीडितलाई २५ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ। 'जीवन बरदान कार्यक्रम' अन्तर्गत झापाका सातजना व्याक्तिलाई दुई लाखदेखि पाँच लाखसम्म रकम सहयोग गरेको सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले बताए।

उनका अनुसार क्यान्सर रोगबाट पीडित भएका विभिन्न अस्पतालमा उपचार गराइरहेका बिरामीलाई सहयोग गरिएको हो। सहयोग रकम पाउनेमा झापा शिवसताक्षीका कर्णबहादुर विश्वकर्मा, बिर्तामोड नगरपालिका-५ की रिमा लिङ्गदेन, बाह्रदसी ५ की केन्द्रमायाँ कार्की, बिर्तामोड ५ की टिका देवी पकुवाल, कनकाई नगरपालिका- ३ का भानुभक्त कटुवाल, अर्जुनधारा ५ का दाताराम भण्डारी र बिर्तामोड नगरपालिका- २ की सावित्रा कडेल रहेका छन्। 

रीमा लिङ्गदेन, टिका देवी पकुवाल र दाताराम भण्डारीलाई पाँच लाखका दरले उपचार सहयोग रकम दिएको अधिकृत गिरीले बताए। रीमा र दातारामले आन्द्रको क्यान्सरको साथै टिकादेवीले घाँटीको क्यान्सरको उपचार गराइरहेका छन्।

यस्तै आन्द्रको क्यान्सरबाट पीडित भानुभक्त कटुवाललाई ४ लाख, कर्णबहादुर बिकलाई २ लाख ५० हजार र सावित्रा कडेललाई २ लाख सहयोग रकम प्रदान गरेको सहाराले जानाएको छ। 

क्यान्सर पीडित सबै भरतपुर, एपोलो, नेपाल क्यान्सर अस्पताल, राजिवगान्ध क्यन्सर अस्पताल दिल्ली, नेपाल मेडिसिटी र एम. एन सि. स्पेलइटी अस्पताल दुबईमा उपचाररत छन्। बिरामी सबैलाई मंगलबार एक कार्यक्रमकाबीच सहयोग रकम हस्तान्तरण गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.