भेरी पुल बनेपछि गाउँलेलाई सहज

भेरी पुल बनेपछि गाउँलेलाई सहज

जाजरकोट : लामो समयदेखि अलपत्र रुकुम–जाजरकोट जोड्ने भेरी पुल निर्माणसँगै यातायात सेवा सहज भएको छ। निर्माण कम्पनीको लापरवाहीले भेरी करिडोरमा पर्ने रुकुमको चिसापानी र जाजरकोटको डाँडागाउँस्थित ठूलीभेरी नदीको वैरीतालमा निर्माणाधीन पुल म्याद सकिएको दुई वर्षपछि निर्माण सम्पन्न भएको हो।

तीन वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिए पनि पुल निर्माण हुन पाँच वर्ष लागेको हो। ढिलै भए पनि पुल बनेपछि रुकुम र जाजरकोट जिल्ला सडक सञ्जालबाट जोडिएको छ। ‘हामीलाई आवतजावत र यातायात सञ्चालनमा निकै सजिलो भएको छ’, स्थानीय पूर्ण खत्रीले भने, ‘पुल बनेपछि बिरामी लैजान र मालसमान ढुवानीमा पनि सजिलो भएको छ।’ पुल बनेसँगै जाजरकोट खलंगाबाट रुकुम चिसापानी भएर जाजरकोटको दल्ली हुँदै तल्लुबगरसम्म सीधा यातायात सञ्चालन हुनेछन्।

पुल निर्माणको जिम्मा आशीष निर्माण सेवा काठमाडौंले २०७१ सालमा लिएको थियो। ८ करोडको लागतमा निर्माण भएको पुलको लम्बाइ ६६ मिटर छ। पुल निर्माणमा ढिलाइ हुँदा जाजरकोट–डोल्पा सडक स्तरोन्नति र नलसिंगाड जलविद्युत्लगायत आयोजना निर्माणमा बाधा पुगेको थियो। आयोजनास्थल पुग्ने एक मात्र मार्गको रूपमा रहेको यस पुल समयमा नबन्दा डीपीआरलगायत काममा बाधा पुगेको थियो। पुल निर्माणपश्चात् काम सहज हुने नलसिंगाड जलविद्युत् आयोजनाका इन्जिनियर पदमबहादुर थापाले बताए।

निर्माण कम्पनीका प्रतिनिधि कृष्णबहादुर बस्नेतले आवश्यक उपकरण र निर्माण सामग्री लैजाने सडक र रिम्ना पुल निर्माण नहुँदा चिसापानी वैरीताल पुल निर्माणमा पनि ढिलाइ भएको स्वीकार गरे। रिम्नाको पुल र पहुँचमार्ग बनेपछि पुल बनाउन सहज भएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.