बझाङ प्रेस युनियनको नयाँ नेतृत्व चयन
बझाङ : नेपाल प्रेस युनियन बझाङ शाखाको चौथो जिल्ला अविधेशनबाट अध्यक्षमा रमानन्द जोशी सर्वसम्मत चयन भएका छन् ।
युनियनको दुई दिनसम्मको सम्मेलनबाट जोशीको नेतृत्वमा १५ सदस्यीय कार्य समिति चयन भएको छ ।
समितिमा उपाध्यक्ष खुल्लामा अशोक खड्का, महिलातर्फको उपाध्यक्षमा पार्वती ऐडी, सचिबमा दिनेस साउद, कोषाध्यक्षमा विना रोकाया सहित १५ सदस्यीय समिति चयन भएको हो ।
केन्द्रीय पार्षदमा निवर्तमान अध्यक्ष जगदीश रोकायासहित शैलेन्द्र रोकाया, निरनराम जोशी, शिवराज उपाध्याय, यज्ञराज उपाध्याय, नरेन्द्र खाती, सीता खड्का, पार्वती ऐडी लगायत १२ जना छन्।