पाँचथरका १९ वर्षीय रोशन : जसले एक्लै चोरे तीनवटा ट्रक

पाँचथरका १९ वर्षीय रोशन : जसले एक्लै चोरे तीनवटा ट्रक

बिर्तामोड : तीनवटा ट्रक चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय बिर्तामोडले एक व्यक्तिलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा पाँचथरकोे फिदिम नगरपालिका–३ का १९ वर्षीय रोशन श्रेष्ठ रहेका छन् । 

कवाडी पसल तथा ग्यारेजमा बिक्री गरी आर्थिक लाभ लिने उद्देश्यले श्रेष्ठले ट्रक चोरी गरेको प्रहरीको भनाइ छ । चोरी भएका तीनवटै ट्रकहरु फेला पारिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख कृष्ण कोइरालाले बताए छ । 

गत भदौ ३० गते राति बिर्तामोड नगरपालिका-५ स्थित हर्कलाल मार्गमा पार्किङ गरी राखेको सुजन श्रेष्ठको ना. ५ ख ४९८६ नम्बरको फुलबडी ट्रक चोरी भएको थियो । 

त्यसलगत्तै असोज २ गते राति बिर्तामोड नगरपालिका-५ स्थित एङ्गी बोइ होटल छेउमा पार्किङ गरेको दिलकुमार श्रेष्ठको ना.२ ख ५०८१ नम्बरको फुलबडी ट्रक पनि चोरी भएको उजुरी प्रहरीमा परेको थियो ।

दुई ट्रक चोरीको घटना सेलाउन नपाउँदै असोज ९ गते राति बिर्तामोड नगरपालिका–५ स्थित सुगम पेट्रोल पम्प नजिक पार्किङ गरेको  मे १ ख २६३८ नम्बरको जेनिस भट्टराईको ट्रकसमेत चोरी भयो ।

चोरी भएका ट्रकमध्ये ना. ५ ख ४९८६ नम्बरको ट्रक बिर्तामोडबाट नै प्रहरीले नियन्त्रणमा लिएको थियो । ना.२ ख ५०८१ नम्बरको ट्रक सुनसरीको इटहरी र मे. १ ख २६३८ नम्बरको ट्रक पर्साको वीरगन्जबाट बरामद भएको प्रहरीले जनाएको छ ।

ट्रक चोरी गर्नेको खोजी गर्ने क्रममा रोशन श्रेष्ठले चोरेको स्पष्ट भएपछि पक्राउ गरिएको प्रहरी प्रमुख कोइरालाले बताए । श्रेष्ठलाई प्रहरीले असोज १४ गते बेलुका बिर्तामोड नगरपालिका–५ मा लुकीछिपी बसेको सुराक पाएपछि पक्राउ गरेको हो । 

पसलमा चोर्न खोज्ने समातिए

यसैबीच घर र पसलमा चोरीको प्रयास गर्ने अन्य दुईजनालाई पनि बिर्तामोड प्रहरीले पक्राउ गरेको छ । चाडपर्वका लागि विशेष सुरक्षा योजना बनाई परिचालित गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

गस्तीका क्रममा असोज १४ गते राति साढे १२ बजे बिर्तामोड नगरपालिका–५ स्थित पूर्व– पश्चिम राजमार्ग आसपासका विभिन्न घर, दोकान र घुम्ती पसल चोरी गर्ने उद्धेश्यले पसेको अवस्थामा गौरीगञ्ज–५ का १९ वर्षीय ओमप्रकाश यादव र बिर्तामोड–५ का सुरज राजबंशीलाई पक्राउ गरिएको कोइरालाले बताए । 

उनीहरुलाई मुलुकी फौजदारी अपराधसंहिता ऐन २०७४ को परिच्छेद ५ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर दफा १ सय १८ बमोजिम थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । पक्राउ परेका सबैलाई प्रहरीले पत्रकार सम्मेलन गरेर बुधबार सार्वजनिक गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.