निर्दयी छोरा : जसले बुवालाई झाडीमा जिउँदै फालेर ज्यान लिए

निर्दयी छोरा : जसले बुवालाई झाडीमा जिउँदै फालेर ज्यान लिए

जनकपुरधाम : धनुषामा छोराले बुवालाई झाडीमा फालेर ज्यान लिएको घटना सार्वजनिक भएको छ । नगराइन नगरपालिकास्थित बेहरा गाउँका एक युवकले झाडीमा फालेर करिब ७० वर्षीय बुवा रामचन्द्र महतोको ज्यान लिएका हुन् । 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाका अनुसार रामचन्द्रका करिब ४÷५ छोरा छन् । एक छोराले मोटरसाइकलमा राखेर ६ दिन अगाडि नै घरबाट करिब ३५ किलोमिटर दुरीमा पर्ने बेलाचापीस्थित झाडीमा छाडेका थिए ।

एकछिनमा आउँछु भनेको छोरो फर्केर आएन । त्यसपछि स्थानीयले खुवाउन थाले, कोही चाउचाउ ल्याएर दिन्थे, त कोही विस्कुट । तर बुधवार बिहान अचानक उनको मृत्यु भएको छ ।

मृतक महतोको दाहिने हातमा घाउ देखिएको प्रहरी निरीक्षक कुशवाहाले बताए । उनको मृत्यु भएपछि फुलगामा चौकीसँग सहकार्य गरेर अनुसन्धान अगाडि बढाइएको जानकारी दिए । ‘बुवालाई झाडीमा फाल्ने छोरो कुन् हो अहिले पत्ता लागेका छैन, अनुसन्धान गरिरहेका छौं’, उनले भने, ‘पहिचान खुल्ने वितिकै नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाउँछौं ।’ 

प्रहरीका अनुसार भोक र पानीले उनी दिनरात छट्पटाउने गर्थे । खान नपाएर महतोको मृत्यु भएको अनुमान गरिएको छ । खाना अभावमा उनको शरीर सुकिसकेको देखिन्छ ।  उनको दाहिने हातमा घाउसमेत देखिएको छ । 

स्थानीयका अनुसार महतो लामो समयदेखि बिरामी थिए । उपचार गराउनुको साटो झाडीमा लगेर जन्म दिने बुवाको ज्यान लिएर छोराले अपराध गरेकाले कडा कारबाही गर्न स्थानीयले माग छ । मृतक महतोको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.