बलात्कार गर्ने दुई कारागार चलान

बलात्कार गर्ने दुई कारागार चलान

गाईघाट : उदयपुरमा दुई बलात्कारको प्रयास घटनामा जिल्ला अदालतले बुधबार फरक-फरक सजायसहितको फैसला सुनाएको छ।  १४ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको कसुरमा ताप्लि गाउँपालिका-२ का ४२ वर्षीय अमरनारायण श्रेष्ठलाई ३ वर्ष कैद फैसला सुनाएको हो।श्रेष्ठले बालिकालाई २०७५ असार ४ गते बलात्कारको प्रयास गरेका थिए।

बलात्कारको प्रयास गरेको आरोपमा पीडित पक्षले तीन दिनपछि (असार ७ गते) इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिएका थिए। श्रेष्ठलाई प्रहरीले असार ८ गते पक्राउ गरेको थियो। उनलाई जिल्ला अदालतले असार २५ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। 

त्यसैगरी, 2५ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेको कसुरमा चौदण्डीगढी नगरपालिका-२ चारघरेका ४२ वर्षीय रामजी विकलाई २ वर्ष ६ महिना कैद सजाय सुनाएको अदालतका नायव सुब्बा कमला निरौलाले जानकारी दिइन्। 

युवतीलाई विकले २०७५ जेठ २८ गते बलात्कारको प्रयास गरेको आरोपमा पीडित पक्षले जेठ २९ गते इलाका प्रहरी कार्यालय बेल्टारमा जाहेरी दिएका थिए। उजुरी परेसँगै पक्राउ परेका विकलाई जिल्ला अदालतले असार २४ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

घरमा श्रीमान नभएको मौकाछोपी राति सुतेको अवस्थामा ढोका फुटाइ बलात्कारको प्रयास गरेका थिए। पीडित चिच्याएपछि विक फरार भएका थिए।न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले दुवै मुद्दाका आरोपीलाई जेल चलानको फैसला गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.