महँगा बाइकको क्रेज

महँगा बाइकको क्रेज

काठमाडौं  : नेपालमा महँगा र हेभी बाइकका पारखी बढ्दैछन्। सम्पन्न परिवारका युवाले महँगा र हेभी बाइक फेरि फेरि चढ्छन्। अहिले महँगो बाइकलाई सम्पन्नताको प्रतिकका रूपमा लिने पनि धेरै देखिन्छन्। नेपाली सडकमा कारभन्दा पनि महँगा बाइक प्रशस्तै कुदेको देख्न पाइन्छ।

महँगा बाइकका लागि काठमाडौं प्रमुख बजार हो। यसका अलवा पोखरा, बुटवल, भैरहवा, नारायणगढ, धरान, इटहरी, विराटनगरलगायत प्रमुख सहरमा पनि त्यस्ता बाइक कुद्छन्। तर, बाइक खरिद गर्न काठमाडौं नै आउनुपर्छ। केही ब्रान्डका काठमाडौंबाहिर पनि सो–रुम छन् तर अधिकांशको सो–रुम काठमाडौंमै छ। डुकाटीका ग्राहक काठमाडौंबाहिर पनि छन्, तर बाइक किन्न काठमाडौं नै आउनुपर्छ।

कुनै समय तत्कालीन राजकुमार पारस शाहले अमेरिकी प्रिमियम बाइक हार्लीडेभिडसन चढ्दा सहरभरि चर्चा चल्थ्यो। त्यो समय हेभी बाइक चढ्ने नेपाली थिएनन्। शाहले त्यो बाइक आफैं भित्र्याएका थिए। तर, अहिले समय बदलिएको छ। महँगा बाइक सहरभरि कुद्न थालेका छन्। प्रिमियम बाइक बिक्रेता पनि बढिरहेका छन्। बाइक सौखिन नै महँगा बाइकका ग्राहक हुन्। बिजनेसम्यान, बैंकर्स, डाक्टर, पाइलट, इन्जिनियर, युवा बढी सौखिन हुन्छन्। कमाएर महँगा बाइक चढ्नेहरू छन्।

कतिपयलाई बुवा आमाले पनि किनिदिन्छन्। घरमा कार हुनेहरूले हेभी बाइक रोज्ने गर्छन्। कतिपय दैनिक बाइक चलाउनेले पनि हेभी बाइक रोज्छन् भने अपग्रेड गर्नेले पनि यसलाई नै खोज्छन्। बजाज पल्सर, केटीएम डुक, बुलेट बाइक चलाउनेले अपग्रेड गर्दा डुकाटी नै खोज्ने गरेको बिक्रेताहरू बताउँछन्। जापानिज ब्रान्ड होन्डाको ‘सीबीआर ६५० एफ’ धेरैको रोजाइमा परेको छ। सहरमा महँगा बाइकका सौखिन बढेपछि होन्डाले २० लाख रुपैयाँ पर्ने बाइक भित्र्याएको हो। नेपालमा प्रिमियम बाइकको बिक्री बढिरहेको स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योति बताउँछन्।

नेपालमा ५० लाखसम्मका बाइक भित्रिएका छन्। यो मूल्यमा विलासी कार खरिद गर्न सकिन्छ। नेपालमा सबैभन्दा कम मूल्यको कार १४ लाखमा आउँछ। तर, १५ लाखभन्दा बढी पर्ने बाइक नै नेपालमा तीन दर्जनको हाराहारीमा छन्। नेपालमा आधा दर्जनभन्दा बढी कम्पनीले महँगा बाइक बिक्री गर्छन्। व्यवसायीका अनुसार महँगो बाइक कुदाउने धनाढ्य परिवारका हुन्छन् जसको घरमा ’अलरेडी’ कार भित्रिसकेको हुन्छ। उनीहरू लक्जरी कारभन्दा हेभी बाइकमा हुइँकिन मन पराउँछन्।

हेभी बाइकले आफ्नो शान बढाइदिने उनीहरूको बुझाइ छ। युवाको आकर्षण बढेपछि व्यवसायीमा महँगा बाइक भित्र्याउने प्रतिस्पर्धा बढेको देखिन्छ। विश्वका चर्चित प्रिमियम बाइक नेपाल भित्रिसकेका छन्। इटालियन डुकाटी, एमभी अगस्टा, अप्रिलिया, बेनिली, जापानिज होन्डा, सुजुकी, यामाहा, कावासाकी, जर्मनी बीएमडब्लूलगायत प्रिमियम ब्रान्ड नेपालमा उपलब्ध छन्।

नेपालमा ५० लाखसम्मका डुकाटी बाइक छन् भने सबैभन्दा सस्तो मोडलको मूल्य १६ लाख छ। स्क्राम्बलर, मुनस्टार, हाइपर मोटार्ड, पानिगल (सुपर बाइक), डियाभल (क्रुजर) र मल्टिस्ट्राडा गरी ६ क्याटेगरीमा डुकाटी उपलब्ध छ। सबै क्याटेगरीका बाइक फरक–फरक सीसीमा उपलब्ध छन्।

चार सय सीसीको १६ लाख पर्छ भने आठ सय सीसीको बाइक साढे १९ लाखमै पाइन्छ। आठ सय सीसीको डुकाटी पपुलर छ। डुकाटीको आठ सय सीसी मिडल सेगमेन्ट हो। हामीसँग १२ सय सीसीको पनि बाइक छ। त्यसको मूल्य ५० लाख पर्छ। मल्टिस्ट्राडा नौ सय सीसीमा आउँदैछ। डुकाटी बाहेक एमभी अगस्टा, होन्डा, सुजुकी, अप्रिलियाका पनि प्रिमियम बाइक उपलब्ध छन्। नेपाली बजारमा १५ लाखदेखि माथिका दर्जनौं बाइक छन्।

नेपालमा ५० लाखसम्मका बाइक भित्रिएका छन्। यो मूल्यमा विलासी कार खरिद गर्न सकिन्छ। नेपालमा सबैभन्दा कम मूल्यको कार १४ लाखमा आउँछ।

नेपालमा डुकाटीले ६ मोडेलमा दुई दर्जन भेरियन्ट बिक्री गरिरहेको छ। न्यूनतम साढे १९ लाखदेखि ५० लाखसम्मका डुकाटी बाइक नेपालमा उपलब्ध छन्। यो सन् १९२३ मा इटालीमा स्थापना भएको बाइक हो। सुरुमा यसलाई रेसिङका लागि मात्रै प्रयोग गरिन्थ्यो। अन्तर्राष्ट्रिय रेसिङ गेमहरूमा डुकाटी सधैं अग्रस्थानमा छ। तर, पछिल्लो समय डुकाटी डाइभर्सिफाई भइरहेको छ। कम्पनीले क्रुजर, स्ट्रिट बाइक बनाउन थाल्यो। यही जनवरीमा डट बाइक ल्याउँदै छ। अहिले पनि डुकाटीको ट्रायल डटबाइक स्क्राम्बलर छ। पूर्णरूपमा अफरोडमा चल्ने यो बाइक एकडेढ महिनामा नेपालमा आइपुग्छ। आठ सय सीसीको नयाँ बाइकको मूल्य साढे २३ लाख पर्ने अनुमान छ।

डुकाटी ग्रोइङ फेजमा छ। कम्पनीले सन् २०१६ मा पहिलो पटक ५० हजारभन्दा बढी बाइक उत्पादन गरेको थियो। पहिला रेसिङ बाइकमात्र उत्पादन गर्ने कम्पनीले डट, स्ट्रिट, क्रुजर बाइक बनाउन थालेको छ। ‘टुरिङ’ मा कम्पनीको फोकस देखिन्छ। प्रतिस्पर्धा बढ्नु राम्रै हो। यसले हेभी बाइकको बजार बढाउँछ। नेपालमा हेभी बाइक बढ्दै गइरहेका छन्। इटालीका प्रिमियम बाइक प्रवेश गरिरहेका छन्। हेभी बाइकको संख्या बढ्दा प्रतिस्पर्धा बढ्नु स्वभाविक हो। तर पनि डुकाटीका आफ्नै ग्राहक छन्। प्रतिस्पर्धी बढे पनि हामीलाई खासै फरक परेको छैन। डुकाटी ब्रान्डका पारखी कतै जाँदैनन्।

नेपालमा ६ सय सीसीभन्दा माथिका बाइकमा डुकाटी अगाडि छ। हामीले वार्षिक २५÷३० वटा बाइक बिक्री गर्छौं। अरु कम्पनीले ७÷८ वटा जति बिक्री गर्छन् होला। पाँच सय सीसीभन्दा कममा केटीएम डुक, रोयल इन्फिल्ड चर्चामा छन्, त्यो क्याटेगरीमा डुकाटी बाइक छैन। चार सय सीसीमा डुकाटीको एउटा मोडल त छ, तर आठ सय सीसीको डुकाटीभन्दा साढे तीन लाख रुपैयाँमात्र कम भएकाले बढी बिक्री हुँदैन।

यसैगरी होन्डाले तीन मोडलका महँगा बाइक बिक्री गर्छ। नेपालमा उपलब्ध होन्डाको सबैभन्दा महँगो मोडल सीबीआर १००० आरआर हो। यसको मूल्य ३० लाख रुपैयाँ रहेको स्याकार ट्रेडिङ कम्पनीले जानकारी दियो। होन्डाको २० लाख पर्ने अपग्रेडेड बाइक भर्खरै बजारमा भित्रिएको छ। प्रिमियम बाइकमा इटाली अगाडि आउँछ। प्रिमियम बाइक मात्र होइन, प्रिमियम कारमा पनि इटाली अगाडि आउँछ। लामबोरगिनी, फरारीजस्ता प्रिमियम कार इटालीमै बन्छन्। त्यहाँ उत्पादित बाइक र कारको डिजाइन पनि अब्बल छ।

प्रिमियम सेगमेन्टका सबै जापानिज बाइक डुकाटीका प्रतिस्पर्धी हुन्। त्यस्तै बीएमडब्लू, केटीएम पनि प्रतिस्पर्धी हुन्। अरु कतिपय ब्रान्ड मासमा गइरहेको देखिन्छ। डुकाटी मासमा जान चाहँदैन। त्यसैले धेरैको मुखमा डुकाटी नझुन्डिन सक्छ। डुकाटीले चार सय सीसीको बाइक बजारमा ल्याए पनि एक्स्ट्रा छ। बाइकको मूल्य नै १६ लाख रुपैयाँ पर्छ।

त्यस्तै अर्काे महँगो बाइक हो एमभी अगस्टा। इटालियन एमभी अगस्टा आठवटा मोडलमा उपलब्ध छ। यो बाइकको मूल्य २५ लाखदेखि ४५ लाखसम्म पर्छ। नेपाली सडकमा एमभी अगस्टा १७ वटा कुद्न थालेको गियर भेञ्चर्सले जानकारी दिएको छ। छोटो समयमै एमभी अगस्टाले नेपाली बाइक पारखीको विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ। जापानिज ब्रान्ड सुजुकीले लामो समयदेखि महँगो बाइक बिक्री गर्दै आएको छ। नेपालमा सुजुकीका २७/२८ लाख रुपैयाँसम्म पर्ने बाइक उपलब्ध छन्। यस्तै, इटालियन ब्रान्ड अप्रिलियाका चारवटा मोडल छन्। यसको मूल्य २० लाखदेखि ३८ लाख रुपैयाँसम्म छ।

हुस्याङको जीटी–६५० र कावासाकी निन्जा–६५० पनि नेपाली सडकमा कुद्छन्। दुवै १३/१४ लाख रुपैयाँ पर्ने मोडल हुन्। यस्तै, गत वर्ष नेपालमा जर्मनी ब्रान्ड बीएमडब्लूका दुईवटा मोडल भित्रिएका थिए। यसको मूल्य त्यतिबेला १८ लाख रुपैयाँ थियो। नेपालीको आम्दानीमा भएको वृद्धिसँगै महँगा बाइकको बजार बढेको व्यवसायी बताउँछन्। नेपालमा खासगरी ठूला व्यावसायिक घरना, बैंकर्स, डाक्टर, इन्जिनियरलगायत छोराछोरीको रोजाइमा महँगा बाइक पर्ने गरेको डुकाटी बिक्रेता अर्याल बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.