टिभी खोल्ने क्रममा करेन्ट लागेर मृत्यु
सन्धिखर्क : अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा टिभि खोल्दा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । भूमिकास्थान नगरपालिका-४ धारापानी, लामाखर्क निवासी ६० वर्षीय धनी आलेको करेन्ट लागेर ज्यान गएको हो ।
टेलिभिजनको प्लग लगाउने क्रममा एक्कासि करेन्ट लागेर घटनास्थलमै महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानाकारी दिए ।