पश्चिम दाङ तोरी जोन

पश्चिम दाङ तोरी जोन

तुलसीपुर : कृषिलाई व्यावसायिक बनाउन पश्चिम दाङलाई तोरी जोनका रूपमा विकास गर्न लागिएको छ। एक बालीमा पहिचान बनाउने उद्देश्यले दाङको पश्चिम क्षेत्रलाई तोरी जोनका रूपमा विकास गरिने भएको हो। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत यस्तो तयारी गरिएको तोरी जोन परियोजना दाङले जनाएको छ।

तुलसीपुर उपमहानगरपालिकाको वडा नं १ र २, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका र बबई गाउँपालिकाको झडै २५ सय हेक्टर क्षेत्रफलमा व्यावसायिक तोरीखेती भइरहेका अवस्थामा पाँच सय हेक्टरलाई तोरी जोन बनाउन लागिएको तोरी जोन परियोजना दाङका प्रमुख इन्द्रबहादुर वलीले जानकारी दिए।

किसानलाई व्यावसायिक उत्पादनमा प्रोत्साहन गर्न सरकारले परियोजना सुरु गरेको भन्दै त्यसलाई किसानले उपयोगी बनाउनुपर्ने बताए। उनले जोनमा किसानलाई प्राविधिक सहयोग, विउ अनुदान, बजारीकरण, व्यावसायिक तालिम, अनुदानलगायत सहयोग हुने बताए। उनले यसलाई लागि सिँचाइ महत्वपूर्ण भएको भन्दै सिँचाइमा समेत सहयोग गर्ने बताए।

जिल्लामा बढी समस्या माटोको भएको भन्दै माटो सुरक्षामा सबैले ध्यान दिनुपर्ने बताए। वलीले अर्काे वर्षले परियोजनालाई प्रभावकारी ढंंगले लैजाने बताए। दाङको लमही क्षेत्रमा मकै सुपरजोन परियोजना सुरु गरिएको छ।

परियोजनाले शुक्रबार तुलसीपुरमा अभिमुखीकरण कार्यक्रम गरेको छ। कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले दाङको समृद्धिका लागि कृषि अभियान अनिवार्य भएको भन्दै क्षेत्रगतरूपमा सुप जोनको अवधारणा ल्याउनुपर्ने बताए। उनले दाङ तोरी, कमै, मौरीको जोनका रूपमा विकास हुने भन्दै यसले नै आर्थिक समृद्धिमा टेवा पुर्‍याउने बताए।      


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.