कुटिए नगरपालिकाका अधिकृत, वडाध्यक्षमाथि आरोप

कुटिए नगरपालिकाका अधिकृत, वडाध्यक्षमाथि आरोप

बाजुरा : बडिमालिका नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत त्रिलोक चन्दमाथि अज्ञात समूहले कुटपिट गरेको छ । शनिबार राती १० बजेपछि कोठामा सुतिरहेको बेला तीनजनाको समुहले चन्दमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । कुटपिटबाट उनको टाउको र शरीरमा चोट लागेको छ । 

कुटपिटका क्रममा एकजनाको घडीको चेन चुँँडिएर चन्दको कोठामै  खसेको अवस्थामा फेला परेको डीएसपी सागर बोहोराले जानकारी दिए । ‘प्रशासकीय अधिकृकमाथि कुटपिट भएको कारणबारे आफुलाई थाहा नभएको  बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताए । 

‘आक्रमणकारी पहिले मेरो कोठामा पसेका रहेछन्, त्यहाँ मलाई नभेटेपछि प्रशासकीय अधिकृतमाथि कुटपिट गरेछन्’, उनले भने । 

व्यक्तिगत विवाद र कसैसँग रिसइबी नरहेको बताउँदै उनले नगरपालिकाको आन्तरिक विवादमा बडिमालिका नगरपालिका–८ का वडाअध्यक्ष प्रकाश रावलले आफुमाथि कुटपिट गर्न लगाएको हुनसक्ने अधिकृत चन्दले जानकारी दिए । 

वडाअध्यक्ष रावलले आफूमाथि लगाएको आरोप गलत भएको बताएका छन् । ‘मेरो कोठामा पनि तोडफोड भएको छ’, उनले भने, ‘मलाई फसाउने षड्यन्त्र भएको छ ।’ घटनाबारे अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहोराले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.