कांग्रेस नेताहरु आन्दोलनमा उत्रिए
बिर्तामोड : स्थानीय सरकारले अत्यधिक कर वृद्धिलगायत अनियमितता गरेको भन्दै नेपाली कंग्रेसले आईतबार झापाको शिवसताक्षी नगरपालिकामा नाराजुलुस गरेको छ ।
कांग्रेसका स्थानीय नेताहरुले नाराजुलुसपछि कोणसभा गरी नगरपालिका प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए । स्थानीय तहको निर्वाचनपछि नेपाली कंग्रेस पहिलो पटक झण्डा लिएर आन्दोलनमा उत्रिएको हो ।
नेपाली कंग्रेसका सभापति पर्शुराम ढुंगानाले शिवसताक्षी नगरपालिकाले असुली गरेको कर वैज्ञानिक र व्यवहारिक नभएकाले बाध्य भएर आन्दोलित बन्नुपरेको बताए । उनले भने ‘प्रतिपक्षको धारणालाई गुमनाम राखेर लागु गरिएको कर सर्वसाधरणले बाध्य भएर तिरेका छन्, कसैले रुचाएका छैनन् ।’
कोणसभाको क्रममा नेपाली कंग्रेसका नेता चन्द्रमणी नेपाल, भक्तिप्रसाद सिटौला र शिवकुमार याङ्गयाले प्रदेश र स्थानीय सरकारका जनप्रतिनि ५ वर्षमा कसरी कमाउने ध्यानमा केन्द्रित भएको बताए ।
‘बहुमतको दम्भले नगरपालिका चलिरहेकोले यस्तै अवस्था दोहोरिएमा ५ वर्षमा नगरपालिका टाट पल्टिने उनीहरुको प्रतिक्रिया छ । साथै सरकार निरंकुश शैलीमा अघि बढेको उनीहरुले बताए ।