दुबर्इमा सुपरमार्केट खोल्दै एनआरएनए

दुबर्इमा सुपरमार्केट खोल्दै एनआरएनए

युएर्इ : युएर्इमा बसोबास गर्ने नेपाली समुदायलार्इ लक्षित गरि गैरआवासीय नेपाली संघ, युएर्इले दुबर्इमा एनआरएनए सुपरमार्केट सञ्चालनमा ल्याउने भएको छ। 

एनआरएन युएर्इको २०१७-२०१९ कार्यसमिति सदस्हरुको संयुक्त लगानीमा संचालनमा आउने उक्त सुपरमार्केटका लागि  कार्यसमितिका ३३ जनाबाट जनही १० हजार दिर्हामका दरले करिब नेपाली १ करोड रुपियाँको लगानी जुटाइएको छ ।

युएर्इको बरदुबर्इमा पहिलो सुपरमार्केट जनवरी २०१९ को अन्तिम साता सञ्चालन गरि  क्रमश: सबै सातैवटा राज्यहरुमा शाखा बिस्तार गर्ने लक्ष रहेको एनआरएन युएर्इका अध्यक्ष रमेश श्रेष्ठले बताए।  केन्द्रीय उपाध्यक्ष नेत्र शर्माको संयोजकत्वमा परियोजना अगाडि बढाइ कार्यसमितिभित्रका सदस्यबाट सञ्चालन गरिनेछ।  त्यस्तै शाखा बिस्तारका लागि सल्लाहकार समितिका सदस्य, क्षत्रिय कमिटी र अन्य आइसीसी सदस्यहरुको समेत लगानी रहनेछ। 

नेपाली समुदायलार्इ दैनिक उपभोग्य बस्तुहरुमा विशेष सुबिधा र सहुलियत दिने उद्धेश्यकाका साथ सुपरमार्केट सञ्चालनमा ल्याउन लागिएको हो। यसैगरी दशैँमा  शुभकामाना आदान-प्रदान कार्यक्रम र तिहारमा  देउसी भैलो कार्यक्रम पनि गरिने भएको छ।

नोभेम्बर २३ गते वार्षिकोत्सव  कार्यक्रम, डिसेम्बरमा विभिन्न खेलकुद कार्यक्रम आयोजना गरि खेलकुद महिना, जनवारी महिनालाई युएर्इमा बस्दै आएका परिवारसँग भेटघाट र सामाजिक कार्यमा सहभागी बनाउन फ्यामिली महिनाको रुपमा मनाउने कार्यक्रम बनाइएको छ । फेब्रुअरी महिनामा नेपाली राजदूतावाससँगको सहकार्यमा विभिन्न चेतनामुलक कार्यक्रम गरिने भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.