कागजपत्र नभएका नेपालीहरू समस्यामा पर्दै, अमेरिकाबाट थप ४ नेपाली निष्काशित

कागजपत्र नभएका नेपालीहरू समस्यामा पर्दै, अमेरिकाबाट थप ४ नेपाली निष्काशित
फाइल तस्बिर ।

पछिल्लो पटक अवैध रुपमा अमेरिका प्रवेश गर्ने नेपालीहरूलाई समेत भटाभट निष्काशन गर्न थालेको छ।

काठमाडौं : अमेरिकामा डोनाल्ड ट्रप्पले राष्ट्रपतिको कार्यभार सम्हाले लगत्तै अवैधरुपमा बसेका आप्रवासीहरूलाई निष्काशन गर्ने निर्णय गरे। अवैध आप्रवासीलाई निष्काशन गर्ने निर्णय गरेसँगै नेपालीलगायत गैरकानुनी ढंगले अमेरिकाका विभिन्न स्थानमा बसेका आप्रवासीहरू त्यहाँको सुरक्षाकर्मीको निगरानीमा परेका छन्। अवैध आप्रवासी मात्रै निगरानीमा परेनन् उनीहरुलाई रोजगार दिने कम्पनीहरू समेत अमेरिकी सुरक्षाकर्मीको निगरानीमा छन्। 

अहिले अमेरिकामा रहेका रोजगारदाता कम्पनीहरुले अवैधरुपमा बसेका आप्रवासीहरूलाई काम दिन अप्ठयारो मान्न थालेका छन्। मानवीय कारण देखाएर कसैले अवैध आप्रवासीलाई काम दिइहाले पनि धेरै कम्पनीहरूले काम दिन अस्वीकार गर्न थालेका छन्। पछिल्लो पटक अवैध रुपमा अमेरिका प्रवेश गर्ने नेपालीहरूलाई समेत भटाभट निष्काशन गर्न थालेको छ। प्रवेशाज्ञा (भिसा)को म्याद सकिएपछि (ओभर स्टे) समेत लुकीछिपी बसेका नेपालीहरुको दैनिक जनजीवन पनि कष्टकर बनेको छ। काम गरौं दिनहुँ जसो सुरक्षाकर्मीको निगरानी, काम नगरौं दैनिक गुजारा चलाउन धौ-धौ पर्न थालेको छ अहिले अवैध बसेका आप्रवासीहरूलाई अमेरिकामा। नेपालीहरू समेत त्यसकै मारमा परेका छन्। 

कानुनीरुपमा बसेका केही नेपालीहरूले कागजपत्र नभएका नेपालीहरूमाथि विभिन्न खालका शोषण समेत गरेका छन्।

कतिपयले यसै पक्राउ पर्ने, उसै पक्राउ पर्ने भन्दै लुकीछिपी काम गरिरहेका छन्। तर अहिले कागजपत्र नभएकाहरुलाई रोजगारदाता कम्पनीले नै काम नदिने भनेपछि उनीहरू समेत अप्ठ्यारोमा परेका छन्। उनीहरूमा मानसिक तनाव समेत बढेको त्यहाँका एक नेपालीले अन्नपूर्णलाई जानकारी गराए। 

अमेरिकी नागरिक भइसकेका वा ग्रीन कार्ड पाइसकेका नेपालीहरू समेत कागजपत्र नभएकाहरुलाई सहयोग गर्न डराउन थालेका छन्। उनीहरुलाई सहयोग गर्दा उल्टै आफैँमाथि कारबाही हुने हो की भनेर उनीहरू समेत आतंकित छन्।  हालै सार्वजनिक भएको तथ्यांक अनुसार, अमेरिकी सरकारले १ हजारभन्दा बढी अवैध बसेका नेपालीहरूलाई निष्काशन गर्ने तयारी गरेको छ। कतिपय त्यस्ता नेपालीहरु पक्राउ परिसकेका छन्। अहिले पक्राउ परेकाहरूलाई अमेरिकाले नियमित उडानबाट नेपाल पठाइरहेको छ भने अन्य केहीलाई चार्टर विमानबाट नेपाल पठाउने तयारी गरेको न्यूयोर्कमा रहेका नेपाली अगुवाले अन्नपूर्णलाई बताए। उनले आफ्नो नाम समेत बताउन चाहेनन्। 

कानुनीरुपमा बसेका केही नेपालीहरूले कागजपत्र नभएका नेपालीहरूमाथि विभिन्न खालका शोषण समेत गरेका छन्। अमेरिकाको नागरिक भइसकेका वा ग्रीनकार्ड लिइसकेका केही नेपालीहरूले पक्राउ पर्नबाट जोगाइदिने भन्दै कागजपत्र नभएका नेपालीहरुबाट पैसा लिएर अमानवीय र निकृष्ट व्यवहार समेत देखाउन थालेका छन्।  

अहिले अमेरिकामा रहेका रोजगारदाता कम्पनीहरुले अवैधरुपमा बसेका आप्रवासीहरूलाई काम दिन अप्ठयारो मान्न थालेका छन्।

लामो समयदेखि न्यूयोर्क बस्दै एक नेपालीका अनुसार, आफूले भने जस्तो पैसा नदिए अवैध रुपमा काम गरिरहेको नेपाली र उनीहरूको कम्पनीको सूचना स्थानीय प्रहरीलाई नेपालीले नै दिने गरेका छन्। न्यूयोर्क बस्दै आएका ती नेपालीले अन्नपूर्णसँग भने, ‘समस्या परेका नेपालीहरूलाई सहयोग गर्नु पर्ने ठाउँमा कतिपय अमेरिकी राहदानी वा ग्रीनकार्ड पाइसकेका नेपालीहरूले नै गैरकानुनी रुपमा बसेका नेपालीहरूमाथि नै शोषण गरिरहेका छन्।’

गत साताको अमेरिकाले थप ४ जना जना नेपालीलाई निष्काशन गरेको छ। गत साताको अन्त्यतिर अमेरिकाले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा ४ जनालाई निष्काशन गरेको हो। निष्काशित हुनेहरूमा खत्री, खड्का, थापा र भट्टराई थर भएका पुरुष छन्। उनीहरू कहिले अमेरिका गएका हुन भन्नेबारेमा केही खुल्न सकेका छैन। अवैध रुपमा बसेको आरोपमा उनीलाई अमेरिकी सुरक्षा अधिकारीले पक्राउ गरेको हो। 

अमेरिकाले उनीहरुलाई एयर इन्डियाको नियमित उडानबाट पठाएको छ। निष्काशित भएका खत्री र खड्का थर भएका व्यक्तिसँग राहदानीसमेत थिएन। भट्टराई र थापा थर भएका व्यक्ति भने आफ्नो राहदानीमा नै फर्किएका छन्। अमेरिकाले राहदानी नभएका दुई जनालाई ट्राभल डकुमेन्ट बनाएर नेपाल फर्काएको थियो। अवैध बसेका उनीहरूलाई नियमित जाँचका क्रममा कागजपत्र नभएपछि अमेरिकाको सुरक्षाकर्मीले पक्राउ गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.