७ बंगलादेशीलाई नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध

७ बंगलादेशीलाई नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध

काठमाडौं : गृह मन्त्रालयले अवैध ढंगले लुकिछिपी काठमाण्डौंमा बस्दै आएका ७ बंगलादेशीलाई नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध लगाएको छ। बिनाराहदानी र प्रवेशाज्ञा (भिसा) शंकास्पद ढंगले नेपाल बस्दै आएका ७ जनालाई अध्यागमन विभागले शुक्रबार निस्कासन गरेको हो। अवैध ढंगले बसेर शंकास्पद गतिविधि गरेको आशंकामा प्रहरीले उनीहरूलाई पक्राउ गरी अध्यागमन विभागमा बुझाएको थियो।

उनीहरूलाई मानव तस्करले नेपालमा राम्रो काम र आकर्षक तलब पाउने प्रलोभनमा काठमाडौं ल्याएका थिए। नेपालस्थित बंगलादेश दूतावासले ट्राभल डकुमेन्ट बनाइदिएपछि विभागले भिसा नियमित गरी निस्कासन गरेको हो। विभागले सातै जना बंगलादेशीलाई प्रहरीको रोहबरमा झापाको काँकडभिट्टा नाका कटाएको हो। ७ बंगलादेशीलाई निस्कासन गरिएको अध्यागमन विभागका मुद्दा शाखाका अधिकृत चिरञ्जीवी थापाले जानकारी दिए। ‘एक वर्ष आउन नपाउने गरी उनीहरूलाई निस्कासन गरिएको हो’, उनले भने।

तस्करहरूले संगठित रूपमा भारतको कोलकाता हुँदै बंगलादेशी काठमाडौं ल्याउने गरेका छन्। बयानमा क्रममा उनीहरूले बंगलादेशी नागरिक इस्माइल नुर नामका बंगलादेशीले नै राम्रो काम पाउने भन्दै ल्याएको बताएका थिए। मानव तस्करहरूले नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै सीमा सुरक्षामा तैनाथ सुरक्षाकर्मीलाई प्रभावमा पारी उनीहरूलाई नेपाल ल्याउने गरेका छन्। विभागले उनीहरूलाई प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले जरिवानासमेत गरेको छ।

तस्करहरूले संगठित रूपमा भारतको कोलकाता हुँदै बंगलादेशीहरूलाई काठमाडौं ल्याउने गरेका छन्।

हवाईजहाजको टिकट किन्न नसकेपछि उनीहरू स्थलमार्गबाट भारत हुँदै बंगलादेश गएका हुन्। एक जना हवाईमार्गबाट गएका छन् भने अर्का एक बंगलादेशीले ‘ओभर स्टे’बापतको रकम तिर्न नसकेपछि विभागले जेल पठाएको छ। मानव तस्करी गर्दै आएका नुर कहाँ छन् भन्नेबारे उनीहरूले बताएनन्। बयानका क्रममा उनीहरूले नुरसँग आफूहरू सम्पर्कमा नरहेको बताएका थिए। बंगलादेशी दूतावासले समेत उनीहरूसँग नेपाल ल्याउने तस्करबारे जानकारी मागेको थियो। नुरसँग आफूहरूको सम्पर्क नरहेको बताएपछि बंगलादेशी दूतावासले उनीहरूको ट्राभल डकुमेन्ट बनाइदिएको थियो।

बंगलादेशी जस्ता हजारौं आप्रवासी बिनाभिसा बसिरहेको आशंका गरिए पनि यकिन तथ्यांक सरकारसँग छैन। अवैध ढंगले नेपाल बसिरहेका आप्रवासीहरूका गतिविधि निगरानीमा नराख्ने हो भने राष्ट्रिय सुरक्षामा समेत गम्भीर चुनौती आउने जानकारहरूको भनाइ छ। मानव तस्करले राम्रो कामको लोभमा उनीहरूलाई ल्याए पनि अवैध बंगलादेशीले सामान्य मजदुरी गर्दै आएका छन्। अवैध रूपमा नेपालमा बस्ने बंगलादेशीको संख्या ४ हजार हाराहारी रहेको प्रहरी तथ्यांक छ।

प्रहरीले दुई वर्षअघि समेत अवैध रूपमा नेपाल बसिरहेका झन्डै तीन दर्जन बंगलादेशी नागरिकलाई पक्राउ गरी विभागमा बुझाएको थियो। ती सबैलाई अध्यागमनले डिपोर्ट गरेको थियो। सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बलले समेत बंगलादेशी, रोहिंग्यालगायत अवैध रूपमा नेपाल आउन खोज्ने आप्रवासीलाई रोक्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.