स्टोरमै थन्किए आयुर्वेद आैषधि

स्टोरमै थन्किए आयुर्वेद आैषधि

प्युठान : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खलंगाका लागि मल्लरानी गाउँपालिकाले खरिद गरेको औषधि स्टोरमै थन्किएको छ। गत चैतमा खरिद गरिएको लाखौँ रुपैयाँको औषधि समवन्य अभावका कारण स्टोरमै थन्किएको हो। पालिकामा विनियोजित आयुर्वेद शाखाअन्तर्गत तीन लाख ४० हजार रुपैयाँमा ३० थरीका औषधि खरिद गरिएको छ।

मल्लरानी गाउँपालिकाको स्टोर शाखामा औषधि राखिएको छ। ‘सबै प्रक्रिया पूरा गरेर औषधि खरिद गरेका हौँ’, मल्लरानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले भने, ‘हस्तान्तरण फाराम आयुर्वेद स्वास्थ्य केन्द्रलाई दिएका छौँ। तर, औषधि अझै लिन आउनुभएको छैन।’

खरिद समिति र जनप्रतिनिधिसहितको बैठकले निर्णय गरेर औषधि खरिद गरिएको गाउँपालिका आयुर्वेद शाखा संयोजक टुकबहादुर रोकाले बताए। उनका अनुसार दाङबाट औषधि खरिद गरिएको छ। औषधि खरिद गर्नुपूर्व बसेको बैठकमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख छविलाल खड्काको समेत उपस्थिति रहेको उनले जानकारी दिए। तर, खड्काले निर्णय पुस्तिकामा हस्ताक्षर नगरेको रोकाले बताए। ‘उहाँले असहमति पनि जनाउनु भएन्’, उनले भने, ‘हस्ताक्षर पनि गर्नुभएन।’ खड्काले प्राविधिक स्टिमेटबिना औषधि खरिद गर्न नहुने माग राख्दै आफूले असहमति जनाएको प्रतिक्रिया दिए।

गाउँपालिकाले आफूहरूसँग सम्वन्य नगरी औषधि खरिद गरेकाले स्वीकार नगरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका आयुर्वेद चिकित्सक डा.कलावती विश्वकर्माले जानकारी दिइन्। ‘औषधिको गुणस्तर चेकजाँच नगर्दासम्म लिदैनौँ’, उनले भनिन्, ‘आफूखुसी औषधि किनेपछि स्वीकार गर्ने कुरा भएन।’ गाउँपालिकालाई औषधिको गुणस्तर मापन गर्नसमेत उनले आग्रह गरिन्। तर, पालिकाले गुणस्तर चेकजाँच गरेरै औषधि खरिद गरेकोे दाबी गरेको छ।

स्वास्थ्य केन्द्रले औषधि नलिए दसैंतिहारपछि गाउँगाउँमा सञ्चालन हुने आयुर्वेद स्वास्थ्य शिविरमा प्रयोग गरिने प्रमुख प्रशासकीय अधिकृत रिजालले बताएका छन्। सबै वडामा शिविर सञ्चालनका लागि गाउँपालिकाले कार्ययोजना बनाएको समेत उनले जानकारी दिए। खलंगा बजारदेखि डाँडामा अवस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अपायकमा छ। जिल्लाका धेरैजसो सेवाग्राहीले उक्त कार्यालय अझैसम्म नदेखेको प्रतिक्रिया दिएका छन्। स्थानीय तह पुनर्संरचनासँगै सेवाग्राहीको चाप दिनानुदिन घट्दो छ। तर, अन्य जिल्लाका ठाउँमा सञ्चालित केन्द्रमा सेवाग्राहीको चाप हुने गरेको पाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.