साकाहारीका लागि स्वादिलो दसैं

साकाहारीका लागि स्वादिलो दसैं

दसैंमा अधिकांसको भान्सामा मासुका परिकार पाक्छ। तर, सबैले मासु खान्छन् भन्ने छैन। मासु नखानेले दसैंमा के खाने त ? साकाहारी परिकारह पनि मासुका परिकारभन्दा कम हुँदैन। घरमै साकाहारीका धेरै परिकार बनाउन सकिन्छ। सधैं पकाउँदै आएको खानेकुरालाई पनि अलिकति मेहनेत र आइडिया लगायौं भने घरमै होटल वा रेस्टुराँमा उपलब्ध हुने जस्तै परिकार पकाउन सकिन्छ।माछा मासु खानेहरूको भीडबाट एक्लिएर बस्नु पर्दैन।

मासुकाभन्दा मीठो परिकार बनाएर दसैंलाई स्वादिलो बनाउन सक्नुहुन्छ। साकाहारीका लागि पनिर निकै उपयोगी हुन सक्छ। पनिरका धेरै परिकार बनाउन सकिन्छ। मटर पनिर, पालक पनिर त सामान्य नै बनिसकेको छ। यी परिकार तपाईंको भन्सामा पाक्दै आएकै हुन्। पनिरका अन्य धेरै परिकार बनाउन सकिन्छ। यस्तै मसरुमबाट पनि स्वादिलो परिकार बनाउन सकिन्छ। तोफुको परिकार पनि बनाउन सकिन्छ। यसका अलवा मिठाई पनि बनाएर खान सकिन्छ। घरमै बसेर पनि मिठाईका धेरै परिकार बनाउन सकिन्छ। दसैंमा घरमै बनाएर खान सकिने केही परिकारका यस्ता छन्।

मसरुम चिल्ली

आवश्यक सामग्री: दुई सय ग्राम मसरुम। दुई सय ग्राम भेडे खुर्सानी। टमटर चारवटा। प्याज दुईवटा। हरियो खुर्सानी दुईपिस। अदुवा सानो सानो टुक्रा। लसुन चारवटा। चिल्ली सस चार चम्चा। सोया सस एक चम्चा। टमाटो सस चार चम्चा। मरिचको धूलो। नुन (स्वाद अनुसार)। एक टेबल चम्चा तेल। 

बनाउने विधि: प्याज, भेडे खुर्सानी, टमटरलाई चेप्टो पारेर काट्ने। खुर्सानीलाई मोटो बनाएर काट्ने। अदुवा र लसुनलाई सानो सानो टुक्रा बनाएर काट्ने र मसरुमलाई पनि चेप्टो बनाएर काट्ने। मसरुमलाइ फ्राइ गरी भेजिटेवल सोथे गरेर मसरुमलाई मिक्समाथि सामग्री प्रयोग गरी बनाउन सकिन्छ। ०००००

पनिर बटर मसला

आवश्यक सामग्री: दुई सय ५० ग्राम पनिर। टमाटर पाँच सय ग्राम। प्याज चार दाना। लसुन एक दाना। मिक्स गरम मसला ५० ग्राम। नुन स्वादअनुसार। धनियाँको धूलो दुई चम्चा। जिराको धूलो दुई चम्चा। रातो सुर्सानीको धूलो एक चम्चा। घिउ।

बनाउने विधि: पनिरलाई सानो सानो आकारमा काट्ने। पनिरलाई फ्राइ गरी टमटर पेस्ट बनाउने। प्याजको पनि पेस्ट बनाउने। थोरै घिउ राखी लसुन फ्राइ गरी प्याज र टमटर पेस्ट र मसला राखी पकाउने। पकाएको १० मिनेटपछि फ्राइ गरेको पनिर राखी बनाउन सकिन्छ।

पालक पनिर

आवश्यक सामग्री: पाँच कल्ली पालक। दुई सय ग्राम पनिर। सय ग्राम मटर दाना। सय ग्राम प्याज पेस्ट। सय ग्राम टमाटर ग्रेबी। २५ ग्राम अदुवा। २५ ग्राम लसुन पेष्ट। १ टेबुल चम्चा जिरा। धनियाँ धूलो एक चम्चा। बेसार, खुर्सानी धूलो, १५ ग्राम कसुरी मेथी, २ टेबुल चम्चा ताजा क्रिम। १ टेबुल चम्चा कोरेको चिज। एक चम्चा गरम मसला, थोरै तेल र आवश्यकताअनुसार नुन।

बनाउने विधि: पालक सफागरी काट्ने र नुन राखी ४, ५ मिनेट उसिन्ने। चारकुने पिसमा सानो गरी पनिर काट्ने। पालकको पानी निचोरी मिक्सरमा पिन्ने। तेल तताई पनिरलाई फ्राइ गरी नुन पानीमा डुवाउने। प्याज रातो हुने गरी फ्राइ गर्ने। लसुन, गोलभेंडा, मटर र अन्य मसलाराखी तेल नछुटिन्जेलसम्म पकाउने। त्यसपछि पालक र डुबाई राखेको पनिर राखी पुन ४, ५ मिनेट पकाउने। त्यसलाई चिज र क्रिमले सजाउने।

चिज बल

आवश्यक सामग्री: मज्रिला चिज ५ सय ग्राम। आलु ३ सय ग्राम। मरिचको धूलो र नुन। अन्डा २ पिस। पैदा एक सय ग्राम।

बनाउने विधि: चिज र आलु दुवैलाई ग्रेड गर्ने। त्यसलाई मिक्सगरी मरिचको धूलो र नुन, अन्डाको सेतो भाग राखी मिक्स गर्ने आवश्यकअनुसार मैदा राखी मिक्स गर्ने। त्यपछि गोला आकारमा डल्लो पारी तेलमा फ्राइ गर्ने।

(वरिष्ठ सेफ प्रकाश रेग्मीको सहकार्यमा)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.