‘माफ गर्नुहोस् ! झापामा हारेको विश्वप्रकाश काठमाडौंमा उम्मेदवार बन्नु हुँदैन’

‘माफ गर्नुहोस् ! झापामा हारेको विश्वप्रकाश काठमाडौंमा उम्मेदवार बन्नु हुँदैन’

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफू काठमाडौंमा उम्मेदवार नबन्ने बताएका छन्। 

प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर १  पराजित भएका शर्माले आम शुभेच्छुकसँग माफी माग्दै आफू काठमाडौं–७ मा हुने उपनिर्वाचनमा उम्मेदवार नबन्ने प्रष्ट पारेका हुन्। झापामा शर्मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राम कार्कीसँग पराजित भएका थिए। 

बर्दियामा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई सांसद बनाउन काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिएका छन्। उनले राजीनामा दिएपछि वामदेवको प्रतिस्पर्धीको रुपमा विश्वप्रकाशको नाम चर्चामा आएको थियो। यसै सन्दर्भमा विश्वप्रकाशले आम शुभेच्छुकसँग माफी मागेका हुन्। 

उनले माफी माग्दै व्यक्तिले शक्तिको खोजी गरिरहँदा राजनीतिक संस्कृतिको पाटो र बाटोलाई भुल्नु नहुने कुरामा जोड दिएका छन्। 
 
‘माफ गर्नुहोला मित्रहरू झापामा चुनाव हारेको विश्वप्रकाश, काठमाडौंमा उम्मेदवार बन्नुहुंदैन र बन्दैन’, विश्वप्रकाशले भनेका छन्, ‘व्क्तिले शक्तिको खोजी गरिरहँदा राजनीतिक संस्कृतिको पाटो र बाटोलाई भुल्न मिल्छ र ?’ 

सामाजिक सञ्जालमार्फत् विश्वप्रकाशले आफू काठमाडौंमा उम्मेदवार नबन्ने प्रष्ट पारेका हुन्। उनले फेसबुकमा थप लेखेका छन्, ‘शिर निहुराएर ढोग्न मिल्छ, ढोगिन्छ बागमतीलाई  तर अन्ततः म मेची, निन्दा र टिमाईको किनारकै हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.