७ बुँदे माग राख्दै कैदी बन्दी अनशनमा

७ बुँदे माग राख्दै कैदी बन्दी अनशनमा

डडेल्धुरा : जिल्ला कारागार डडेल्धुराका कैदी बन्दीले विभिन्न माग राख्दै आमरण अनशन थालेका छन् ।

कैदी बन्दी चन्द सिंह साउद र देवी सिंह ऐरले सोमबारदेखि ७ बुँदे माग राख्दै आमरण अनशन सुरु गरेका हुन् । साउद डाँका–चोरी अधियोगमा कारागार पुगेका हुन् भने ऐर कर्तब्य ज्यान अभियोगमा जेल परेका हुन् ।

असल चालचलन भएका सुधारोन्मुख अवस्थामा रहेका कैदी बन्दीहरुलाई ६० प्रतिशत माफी मीनाहाको पुरानै व्यवस्थालाई यथावत कायम राखी तुरुन्त लागू गरिनु पर्ने, न्याय दिने अदालत प्रहरी संगठनमा मौलाउँदै गएको चरम लापरबाही भ्रष्टाचार, फितलो अनुसन्धान फैलसामा हुने ढिलासुस्ती, निर्दोष फसाउने क्रियाकलापमा नियन्त्रण एवंम न्युनिकरणका लागि ठोस् कदम चाल्नुपर्ने लगायत माग उनीहरुको छ ।

कैदी बन्दीहरुको भरणपोषण भत्ता रु ६० बाट वृद्धि गरी प्रतिदिन रु १ सयको व्यवस्था गरिनुपर्ने पनि उनीहरुको माग छ । हालसम्म कर्तव्य ज्यान लगायतका केही सीमित मुद्दाका कैदी बन्दीलाई मात्र माफी मिनाहा दिने विभेदपूर्ण व्यवस्था भन्दै तत्काल सबै प्रकृतिका बन्दीहरुलाई माफी मिनाहाको सुविधा कायम गरिनुपर्ने उनीहरुले बताएका छन् ।

साथै उनीहरुले २५ जनाका लागि मात्रै आउने औषधि उपचार खर्च  बढाउनुपर्ने पनि माग राखेका छन् । गत २२ गते सुरु गरेको आमरण अनशन माग पूरा नभएसम्म जारी राख्ने भन्दै उनीहरुले चेतावनी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.