सिक्टा नहर अनुगमनमा संसदीय समिति

सिक्टा नहर अनुगमनमा संसदीय समिति

कोहलपुर : निर्माण नसकिँदै भत्किएको सिक्टा सिँचाइ आयोजना अनुगमन गर्न संसदीय समिति पुगेको छ। राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर परीक्षणमा पानीको वहाव धान्न नसकेर भत्किएपछि संसदमा समेत चर्चा भएको थियो। संघीय संसद्को कृषि सहकारी तथा प्राकृतिक श्रोत व्यवस्थापन समितिले नहरको अवस्था बारे अवलोकन गरेको हो।

परीक्षणमा ढकेरी झिझरी खोलास्थितको नहर भत्किएको हो। कुल ५० क्युसेक क्षमताको नहर परीक्षणमा २० क्युसेक पानी छोड्दै भत्किएपछि अनियमितता भएको भन्दै विवाद सुरु भएको छ। निर्माण कम्पनी र प्राविधिकको चरम लापरवाहीले राष्ट्रिय गौरवको आयोजनामाथी खेलवाड भएको भन्दै सरोकारवाला तथा स्थानीयले पटक–पटक कुरा उठाएका छन्।

२०६३ सालमा शुरू भई हालसम्म ७० प्रतिशत निर्माण सम्पन्न भएको आयोजनामा करिब १५ अर्व बढि रुपैयाँ लगानी भइसकेको छ। झण्डै २५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना आ.ब. दुईवर्षपछि सम्पन्न गर्ने लक्ष्य राखिएको छ। बाँकेको ४३ हजार हेक्टर जमिनमा सिँचाइ सुबिधा दिने लक्ष्यसहित आयोजना पूरा भएपछि हालको कृषि उत्पादनमा दोब्बर बृद्धि हुने र बाँकेका ४७ हजार घरपरिवारका ३ लाख कृषक लाभान्वित हुने लक्ष्य सरकारको छ।

परीक्षणमा सिक्टाको मूल नहर भत्किएपछि अनुगमन गर्न कृषि सहकारी तथा प्राकृतिक श्रोत व्यवस्थापन समिति सिक्टा पुगेको हो। समिति सभापति पूर्णाकुमारी सुवेदीसहितको टोलीले बुधवार सिक्टाको मूल बाँध अगैयादेखि कोहलपुर डुडुवासम्म र विहिवार पूवी मूल नहर अन्र्तगत नरैनापुर, कटकुइयाँसम्म स्थलगत अनुगमन गरेको छ।

अनुगमनपछि टोलीले सिक्टा नहरसँग जोडिएका ग्रामिण क्षेत्र राप्ती सोनारी गाउँपालिकाअन्र्तगत ढकेरी, ओभरी, बालापुरका स्थानीयसँग सिक्टाको कार्य प्रगती तथा सिक्टा आयोजनाले निम्त्याएका समस्याबारे छलफल गर्‍यो। समितिसँगको छलफलमा स्थानीयले सिक्टा सिँचाइले बस्तीमा जोखिम थपेको भन्दै तत्काल न्यूनिकरणका लागि पहल गर्न आग्रह गरे।

राप्ती सोनारी गाउँपालिका बालापुरका मोहन खत्रीले आयोजनाले बालापुरवासीमा जोखिम बढाएको दावी गरे। नहर निर्माणमा माटो परीक्षणमै त्रुटी भएकाले नहरसँग जोडिएका गाउँमा जोखिम बढेको उनले स्पस्ट पारे। नहरमा पुरै पानी छाडेको दिन स्थानीयले दुःख पाउने भन्दै यस क्षेत्रका जनताको जीवन रक्षाका लागि पहल गरिदिन समितिलाई उनले आग्रह गरे।

चर्चा भएजति छैन : समिति

कृषि सहकारी तथा प्राकृतिक श्रोत व्यवस्थापन समितिले गरेको सिक्टा नहर अनुगमनमा चर्चा भएजति क्षति तथा जोखिम नरहेको जनाएको छ। करिव १५ मिटर नहर पूर्ण रुपमा क्षती भएकाले तत्काल मर्मत तथा पुर्ननिर्माण गर्नुपर्ने निचोड समितिले निकालेको अनुगमनमा सहभागी तथा संघीय सांसद महेश्वर गहतराजले बताए।

समितिले प्राविधिकसँग सल्लाह गरी तत्काल मर्मत वा पुर्ननिर्माण गर्ने विषयमा केन्द्रमा गएर छलफल गर्ने जानकारी दिए। निर्माणमा त्रुटी वा लापरवाही गर्ने ठेकेदार कम्पनी, कर्मचारी वा प्राविधिक जसको कमजोरी देखिन्छ, उनीहरुलाई कारवाही गर्न सिफारिस गर्ने समितिले जनाएको छ।

सिक्टा विवाद चुलिएपछि स्थलगत अनुगमन गर्न टोलीसहित आयोजनास्थल पुगेकी समिति अध्यक्ष पूर्णाकुमारी सुवेदीले राष्ट्रिय गौरवको आयोजनासँग बाँकेका किसानको भविष्य जोडिएकाले समयमै सम्पन्न हुनुपर्नेमा जोड दिइन्। नहर निर्माणपछि देखिएका विवाद तथा सदस्या तत्काल हल गरेर आयोजनालाई सफल बनाउन ठेकेदार कम्पनी, कर्मचारी, प्राविधिक र स्थानीय एक भएर लाग्न उनले सुझाव दिइन्।

बाँकेका संघीय सांसद महेश्वर गहतराजले आयोजना गुणस्तरीय हुनुका साथै समयमै सम्पन्न गर्न जनस्तरबाट पहल हुनु पर्नेमा जोड दिए। प्राविधिक कमजोरी भएकाले आयोजना विवादमा मुछिएको जानकारी दिँदै सांसद गहतराजले सर्वपक्षीय, सर्वदलीय सहकार्य तथा समन्वयबाट आयोजना निर्धारित समयमा पुरा गर्न आग्रह पनि गरे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.