घर फर्कने नेपालीका लागि गौरीफन्टा नाका सहज

घर फर्कने नेपालीका लागि गौरीफन्टा  नाका सहज

धनगढी  : कैलालीको गौरीफन्टा नाकामा आउजाउ सहज छ । दसैंमा घर फर्किरहेका नेपालीले सास्ती नपाउन् भनी नाकामा प्रहरीको उच्च निगरानी छ । प्रहरीले सीमामा दुईवटा कुकुर पनि नियमित परिचालन गरेको छ ।

केही दिनअघि गौरीफन्टामा भारतीय कस्टम कर्मचारीले नेपालीबाट रकम लिइरहेको सार्वजनिक भएपछि भारत सरकारले त्यहाँ कार्यरत सबै कर्मचारी सरुवा गरेको थियो । त्यसपछि अवैध असुली कम भएको छ ।

‘गत वर्ष नाकामा भारततिरै एक हजार तिरेको थिएँ’, भारतको बंगलोरबाट कञ्चनपुर आउँदै गरेकी यशोदादेवी सुनारले भनिन्, ‘खै यसपालि त एक रूपैयाँ पनि तिर्नुपरेन ।’ उनी दिल्ली–धनगढी चल्ने नेपाली नम्बरको गाडीमा आएकी हुन् ।

गौरीफन्टाबाट पाँचवटा भारतीय गाडी दैनिक एक गाडीका दरले दिल्ली जान्छन् । गत वर्ष तिनै गाडी चालक र परिचालकले यात्रुबाट एकमुष्ट रकम उठाएर नाकाका सुरक्षाकर्मीलाई दिने गरेको सार्वजनिक भएको थियो । ‘यसपालि कसैले रकम मागेन, झोला जाँच्यो अनि छोडिदियो’, बंगलोरबाटै फर्केका अछामका बिक्रम शाहीले भने ।

मुख्यमन्त्रीको सीमामा छड्केबुधबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट गौरीफन्टा सीमानाका पुगेका छन् । बिहानै कसैलाई खबर नगरी उनी टोलीसहित पुगेका थिए ।

दसैंमा फर्किने नेपालीबाट अवैध रकम असुली र दुव्र्यवहार हुन थालेको सुनेपछि नाकामा आएको उनले बताए । उनले एसएसबी, कस्टम कर्मचारी, नेपाल प्रहरी र ससस्त्र प्रहरीलाई सीमा क्षेत्रमा आवागमन सहज बनाउन निर्देशन दिए ।

‘दसैंमा घर फर्किरहेका नेपालीले दुःख पाइरहेका छन् भनेर सुनेपछि आफंै सीमामा आएको हुँ’, मुख्यमन्त्री भट्टले भने । मुख्यमन्त्री पुगेपछि कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ र एसपी विनोद घिमिरे पनि नाकामा पुगेका थिए ।

नाकामा राजा र फुच्चे

नेपाल प्रहरीको दसैं, तिहार र छठको विशेष सुरक्षा योजनाअन्तर्गत धनगढीको कुकुर शाखाका राजा र फुच्चेलाई सुदूरपश्चिमको राजधानी जोडिएको गौरीफन्टा नाकामै खटाइएको छ ।

बिहानै वडा प्रहरीको गाडी राजा र फुच्चेलाई लिएर गौरीफन्टा पुग्छ । राजा विष्फोटक पदार्थ पत्ता लगाउने कुकुर हो । ल्याब्राडोर जातको राजालाई प्रहरी जवान दीपक विकले परिचालन गर्छन् । दसैमा दुःखद् घटना नहोउन् भनेर राजा र फुच्चेलाई नाकामा खटाइएको विकले बताए ।

फुच्चे पनि ल्याब्राडोर जातकै कुकुर हो । ८ महिनाअघि प्रहरी प्रधान कार्यालयले धनगढीको संघीय प्रहरी इकाई कार्यालय परिसारभित्र कुकुर शाखा खोलेको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.