साँफेबगरमा अतिरिक्त उडान

साँफेबगरमा अतिरिक्त उडान

अछाम : अछामको साँफेबगर विमानस्थलमा नेपाल वायुसेवा निगमले साताको दुई दिन अतिरिक्त उडान गर्ने भएको छ। १३ वर्षसम्म उडान बन्द भएको साँफेबगर विमानस्थल कालोपत्रे भएसँगै आइतबारदेखि उडान हुने भएको हो। नेपाल वायु सेवा निगमको टुइनएटर विमानले आइतबार १० बजे नेपालगन्जबाट साँफेबगरका लागि उडान गर्ने साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले जानकारी दिए।

धावनमार्ग कालोपत्रे भएपछि जेठ ११ गते नेपालगन्जबाट समिट एयरको विमानले ‘टेस्ट फ्लाइट’ गरेको थियो। माओवादीले आक्रमण गरेर ध्वस्त बनाएपछि साँफेबगर विमानस्थल ०६२ सालसम्म चलेको थियो। त्यसपछि बन्द भएको विमान १३ वर्षपछि कालोपत्रे धावनमार्गमा अवतरण हुने भएको हो। ‘लामो प्रयासपछि सरकारी स्वामित्वको विमान उडानका लागि सफल भएका छौं’, मेयर कुँवरले भने।

नेपाल एयरलाइन्सको विमानले आइतबार र शुक्रबार गरी नेपालगन्जबाट साताको दुईपटक उडान गर्नेछ। मेयर कुँवरले भने, ‘शुक्रबार मात्रै नेपाल वायुसेवा निगमसँग उडान भर्न सहमति भएको हो।’ नेपालगन्जदेखि साँफेबगरका लागि चार हजार सात ३५ रुपैयाँ टिकट तोकिएको छ। आइतबार हुने उडानमा १८ जनाले टिकट काटेको मेयर कुँवरले बताए।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये एकै जिल्लामा दुई विमानस्थल भएको जिल्ला अछाम हो। त्यहाँ साँफेबगर र कमल बजार गरी दुई स्थानमा विमानस्थल छन्। टेस्ट फ्लाइटमा पाइलटले साँफेबगर विमानस्थल उडान भर्न र अवतरणका लागि सबैभन्दा उपयुक्त रहेको बताएका थिए।

साँफेबगरबाट हवाईजहाज चलेपछि अछाम, बाजुरा र डोटी जिल्लाका बासिन्दा लाभान्वित हुनेछन्। ‘नियमित जहाज चल्यो भने बिरामीलाई उपचारका लागि सहरतिरका अस्पतालमा तत्काल पु¥याउन सहज हुनुका साथै पर्यटन, उद्योग व्यवसायमा समेत सकारात्मक प्रभाव पर्नेछ’, साँफेबगर नगरपालिकाका प्रवक्ता वालगिरी कुँवरले भने।

हवाईजहाज नियमित भएपछि यस क्षेत्रका खप्तड, रामारोशन, बडिमालिकालगायतमा पर्यटकको संख्यामा वृद्धि हुने अनुमान गरिएको छ। अमर कन्ट्रक्सनले ११ करोड १७ लाखमा साँफेबगर विमानस्थल कालोपत्रे कार्य सकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.