गड्डाचौकीमा सुरक्षा जाँचमा कुकुरको प्रयोग

गड्डाचौकीमा सुरक्षा जाँचमा कुकुरको प्रयोग

महेन्द्रनगर :  देशकै पश्चिमी सीमा नाका 'गड्डाचौकी' मा नेपाल प्रहरीले सुरक्षा चेकजाँचका लागि तालिम प्राप्त कुकुर प्रयोग गर्न थालेको छ। दसैंका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले पश्चिमी नाका गड्डाचौकीमा तालिम प्राप्त कुकुर प्रयोग गरेर चेकजाँच सुरु गरिएको हो।

आइतबारदेखि कञ्चनपुर प्रहरीले गड्डाचौकी नाकामा तालिम प्राप्त ल्याडेडोर जातको कुकुर ल्याएर चेकजाँच थालेको हो। 'यो समयमा घर फर्किने र अन्य कामका लागि आवतजावत गर्नेहरुको बाक्लो भीड हुन्छ,कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले भने, 'नाकालाई व्यवस्थित बनाउन र कुनै आपराधिक क्रियाकलाप नहोस् भन्नका लागि कुकुरको समेत प्रयोग गरिएको हो।'

कुकुरले कुनै विष्फोटक पदार्थ, लागूऔषध, हतियारजन्य वस्तुलगायत भित्रिन नपाओस् भनेर नाकामा आइतबारदेखि कुकुर समेत राखेर चेकजाँच सुरु गरेको हो। फुलपातिको २-३ दिन धेरै ठूलो संख्यामा दसैं मनाउनेहरु पश्चिमी नाका गड्डाचौकी हुँदै घर फर्किने गरेका छन्।

 
दसैं मनाउन घर फर्किरहेकाको भीड बढिरहेका बेला अन्य कुनै आपराधिक गतिविधि हुन नदिन भनेर प्रहरीले सीमा नाकासँगै अन्य क्षेत्रमा समेत सुरक्षा व्यवस्था कडा पारेको छ। प्रहरीले राजमार्ग क्षेत्रमा चेकजाँच बढाएको छ भने बजार क्षेत्रमा समेत थप प्रहरी परिचालन गरेको छ। 

'हाइवेमा सुरक्षा चेकजाँच बढेको छ भने अन्य क्षेत्रमा समेत प्रहरी खटाइएको छ, प्रवक्ता ओझाले भने, 'अरु समयभन्दा चाडपर्वका समयमा बढी चनाखो हुनुपर्छ।' जिल्लाका विभिन्न स्थानमा सुरक्षा चेकजाँच दोब्बर पारिएको कञ्चनपुर प्रहरीले जनाएको छ।
 
सशस्त्रको आइआरटी टोली

दसैं तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर सशस्त्र प्रहरी बलले पनि जिल्लामा गस्ती, पेट्रोलिङ बढाएको छ। अरु समयको भन्दा बढी मात्रामा सशस्त्र प्रहरीले गस्ती, पेट्रोलिङ बढाएको सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति एसपी बिनोदराज श्रेष्ठले जानकारी दिए।

'अहिले अरु समयको भन्दा बढी मात्रामा सशस्त्रलाई पैदल गस्ती, मोबाइल गस्तीसहित परिचालन गरेका छौं, उनले भने, ' सशस्त्रले तत्काल पुग्न सक्ने गरी गाडीसहितको आइआरटी(तत्काल उद्वार समूह) टोली समेत परिचालन गरेको छ।' 

सशस्त्रले नेपाल-भारतसीमा क्षेत्र र आसपासका विभिन्न स्थानमा अन्य समयको भन्दा धेरै मात्रामा दिनुहँ गस्ती गर्ने काम गरिरहेको एसपी श्रेष्ठले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.