दसैं अवसरमा नेता विश्वप्रकासले गराए स्वास्थ्य शिविर

दसैं अवसरमा नेता विश्वप्रकासले गराए स्वास्थ्य शिविर

बिर्तामोड : माछा–मासु खने, तास खेल्ने र पिङ खेल्ने मात्रै दसैं हैन भन्ने उदाहरण कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकास शर्माले दिँदै छन् ।

अघिल्लो वर्ष झैँ यसपटक पनि शर्माले स्वास्थ्य शिविर संचालन गरेर दसैं मनाउने तयारी गरेका हुन् । शर्माले गृह जिल्ला झापाको आफ्नै निर्वाचन क्षेत्रमा सृजनात्मक रुपमा दसैं मनाउने तयारी गरेका हुन् ।

यसका लागि उनी शुक्रबार मात्रै काठमाडौंबाट चिकित्सक र औषधी सहित झापा आइपुगे । र शनिबारै आफ्नो निर्वाचन क्षेत्रमा स्वास्थ्य शिविरको उद्घाटन गर्दै आफ्नो दसैं मनाउने क्रम यही कामबाट सुरु भएको बताए ।

शनिबार उनी बुद्धशान्ति गाउँपालिका पुगेर स्वास्थ्य शिविरको सुरुवात गरेका थिए । दसैंमा खानपिनका कारणले पनि विरामी पर्ने हुँदा त्यसलाई समेत लक्षित गरी सवास्थ्य शिविर संचालन गरेको बताइएको छ । यसबाहेक शर्माको यो निर्णय नौलो र सृजनात्मक भनी स्थानीयले प्रसंसा गरेका छन् ।
 
शर्माले भने शिविरका लागि १२ लाख मुल्य बराबरको लगानीमा औषधि खरिद गरी अस्पतालका चिकित्सकलाई नै गाउँ लिएर आएका हुन् । शर्माको यस अभियानमा अन्य स्वास्थ्य व्यवसायीहरुको पनि सहयोग छ ।

शनिबार स्थानीय बिरामीहरु ८६ वर्षीया टंकमाया दाहाल, ९० वर्षीय उजीरमान दाहाल र उपचारमा संलग्न चिकित्सकलाई शर्माले पूmलको माला लगाएर शिविर उद्घाटन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.