माटो बेचेर दसैं खर्च जुटाउँदै

माटो बेचेर दसैं खर्च जुटाउँदै

अछाम : गाउँघरमा दसैंको चहलपहल सुरु भइसकेको छ।काम विशेषले जिल्ला बाहिर गएकाहरु घर फर्किन थालेका छन्। कतिपयले किनमेल सकाइसकेका छन्। हुनेखानेका घरमा खसी बोका पनि भित्रि सकेका छन्। तर, साँफेबगर नगरपालिका-३ शिद्धेश्वरकी साबित्री भुल भने माटो बेचेर दसैं खर्च जुटाउन लागिपरेकी छन्।

सुदूरपश्चिमप्रदेशका पहाडि जिल्लातिर दसैंमा रातो माटोले घर लिपपोत गरी चिटिक्‍क सजाइने गरिन्छ। आँगनमा सयपत्री र मखमली फूलसँगै रातो माटोले पोतेको घरको सुन्दरता बेजोडको हुन्छ। 

श्रीमान खुट्टा भाँचिएर थन्किएका छन्, अरु आम्दानी केही छैन, माटो बेचेर दसैंको टिकाको दिन मासु किन्ने सोच बनाएकी छु,' साबीत्रिले भनिन्।

पहाडि जिल्लामा अरु काम केही पाइँदैन। 'एक कट्टा रातो माटोको १ सय ५० पर्छ। घर लिपपोत गर्ने समय भएकाले रातो माटो बिक्री गरेर दसैंको जोह गर्ने साबीत्रीले बताइन्। 'घरमा श्रीमान खुट्टा भाँचिएर थन्किएका छन, अरु कमाउने कोही छैन, त्यसैले माटो बेच्नुको विकल्प छैन।'

साबित्रीका २ छोरा १ छोरी छन्।दसैंमा घर लिप्नेले माटो मगाउँछन्, अनी घरघरमा गएर माटो पुर्‍या दिने गरेको   उनले बताइन्।

रातोमाटो बस्ती भन्दा अलि टाढा पाइन्छ। घर लिपपोत गर्नका लागि विषेश प्रकारको रातो माटो चाहिन्छ। उनले यसपालीको दसैंमा छोराछोरीका लागि नयाँ लुगा किन्न नसकेको बताइन। 'केही रकम जम्मा भयो भने दसैंको दिन मासु किन्ने विचार गरेकी छु, लुगा त परको कुरा भयो।'

साबीत्रीसँगै दलित समुदायका अरु धेरै महिला पनि माटो बेच्न व्यस्त छन्। स्थानीय गंगा भुलले पनि माटो बेचेर दसैं खर्च जुटाइ रहेको बताइन्। 'श्रीमानले अर्के बिहे गरेर अलग्गै बस्न थाले, माटो बेचेरै दसैं खर्च जुटाउन गरेकी छु। आम्दानी भनेको यही माटो हो,' गंगाले भनिन्। 

उनले गरिबका लागि दसैं नआउनु राम्रो भएको बताइन। 'दसैं आयो कि चिन्ता बढ्छ, अरुका छोराछोरी मिठो मसिनो खान्छन्, नयाँ नयाँ लुगा लगाउँछन्, आफ्ना बालबच्चा निसार भएको देखेर मन खिन्न हुन्छ,' उनले भनिन्। उनले दसैंका बेला माटो र अघिपछि दाउरा बेचेरै साँझ बिहानको छाक टार्दै आएको बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.