साँफेबगरमा १३ वर्षपछि उडान

साँफेबगरमा १३ वर्षपछि उडान

अछाम : उडान बन्द भएको १३ वर्षपछि अछामको साँफेबगर विमानस्थलमा नेपाल वायुसेवा निगमले आइतबारदेखि अतिरिक्त उडान सुरु गरेको छ। निगमको जहाज दुई जना चालक दलका सदस्य र १४ जना यात्रुसहित आइतबार दिउसो १ बजेर १० मिनेटमा साँफेबगरमा अवतरण भएको हो।

९ एन एबीटी कल साइनको विमान साँफेबगरबाट पनि ११ जना यात्रु लिएर नेपालगञ्जका लागि उडेको छ। साँफेबगर नगरपालिकाका प्रवक्ता वालगिरी कुवँरले साँफेबगरबाट एक जना बिरामीसहित ११ जना यात्रु नेपालगञ्ज उडेको जानकारी दिए। १३ वर्षपछि विमान आएको खुसीयालीमा साफेबगर विमानस्थलमा चालक दलका सदस्य र पहिलो उडानमा यात्रुलाई स्वागत गरिएको थियो।

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले वषौंदेखिको अछामी जनताको सपना पूरा भएको बताए। उनले भने, ‘विमानस्थल सञ्चालन हुन्छ कि हुन्न भन्ने शंका आशंका बीचमा जहाज सञ्चालन गर्न सफल भएका छांै’, प्रमुख कुवरले भने, ‘अब यसको निरन्तरताका लागि सबै जनप्रतिनिधि लाग्नुपर्छ।’

आइतबारको उडानमा आएका यात्रुले साँफेबगरका लागि जहाज आउन थालेकोमा खुसीयाली व्यक्त गरे। ‘गाडीको यात्रा निकै कठिन हुने गथ्र्यो, नेपालगञ्जबाट ३० मिनेटमा अछाम पुगियो’, मेल्लेख गाउँपालिकाका बिन्दु कुँवरले भनिन। ‘गाडीको यात्रा गर्दौ बान्ताले हैरान हुन्थे।’

क्याप्टेन पेम्बा शेर्पाले जहाज अवतरणका लागि साँफेबगर विमानस्थल निकै सहज रहेको बताए। उनले भने, ‘अवतरणका लागि सहज छ, टावरमा प्राविधिक कर्मचारी भइदिएको भए झनै सहज हुने थियो।’ अछामका बासिन्दाले अब धनगढी साँफेबगर विमान सञ्चालन हुनुपर्ने माग गरेका छन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.