नेपालकै पहिलो रात्रिकालीन क्रिकेटको उपाधि पुलिसलाई

नेपालकै पहिलो रात्रिकालीन क्रिकेटको उपाधि पुलिसलाई

इटहरी  : सुनसरीको इनरुवामा भएको प्रथम मेयर कप रात्रिकालीन टी–२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइलनमा विराटनगरलाई ६ विकेटले पराजित गर्दै पुलिसले जित हात पारेको हो। जितसँगै पुलिसले १ लाख ५१ हजार रुपैया हात पारेको छ भने उपिवजेता विराटनगरले ७५ हजार रुपैया पाएको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले सुरुदेखि नै  लय गुमाएको थियो  पुलिसको उत्कृष्ट बलिङका सामू निरीह देखिएको विराटनगर १७.६ ओभरमा ८४ रन जोड्दा अलआउट भयो । 

८५ रनको झिनो लक्ष्य पछ्याएको पुलिसले १६.१ ओभर खेल्दै ४ विकेटको क्षतिमै लक्ष्य पूरा ग¥यो ।पुलिसको जितका लागि अमित श्रेष्ठले अविजित ४८ रनको महत्वपूर्ण पारी खेले।

नेपालमै पहिलोपटक राष्ट्रिय क्रिकेट प्रतियोगिता रातको समयमा गरिएको हो । फुलबारी क्रिकेट क्लबको आयोजना र इनरुवा नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिइने मेयर राजन मेहताले जानकारी दिए ।

कोशी गाउँपालिका अध्यक्ष अयुब अन्सारी र सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीलगायतले विजेतालाई शिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.