झापाका मासु पसलमा थालियो अनुगमन, भेटियो दुषित मासु

झापाका मासु पसलमा थालियो अनुगमन, भेटियो दुषित मासु

बिर्तामोड : झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा खुलेका अधिकांश मासुपसलले झिँगा भन्केको र बासी मासु बेचेको भेटिएको छ। ती मासु पसल न सफा नै छन्, नत व्यवस्थित नै। सोमबार जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वमा बिर्तामोड नगरपालिका, उद्योग वाणिज्य संघ तथा उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधिले गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो। 

उपभोक्ताको भीड लाग्ने र व्यस्त बजारमा गरिएको अनुगमनका क्रममा मूल्य सूची नभएको, फोहोर र झिंगा भन्किएको अवस्थामा माछा, मासु बिक्री भइरहेको भेटिएको बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नीप्रसाद पाण्डेले बताए। 

मासु पसलमा अघिल्लो दिनको मासु पनि फ्रिजमा राखेर बिक्री वितरण गरिरहेको भेटिएको छ भने मासु काट्ने स्थानमा फोहोर भेटिएको छ। अनुगमन टोलिले बजार क्षेत्रमा बढी उपभोक्ता आवतजावत हुने स्थानमा रहेका होटलको पनि अनुगमन गरेको छ। होटलमा पनि बासी मासु फ्रिजमा राखेर बिक्री गरेको, किचनमा हेर्नै नहुनेगरी फोहोर रहेको पाण्डेले बताए।

अनुगमन टोलिले भारतबाट आयातीत विषादियुक्त सयपत्री फूल र कुहिएका सब्जि समेत बिक्री भइरहेको भेटिएको अनुगमनमा रहेका राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले बताए। उनले अनुगमनकै क्रममा त्यस्ता सामान जफल गरेर ल्याव टेस्ट गर्ने र रिपोर्ट चाँडो आउने वातावरण नहुँदा उपभोक्ता ठगी बढेको बताए। 

यता बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नी प्रसाद पाण्डेले भने अनुगमनको कार्यविधि बनाएर ठगी गर्नेलाई अब नगरपालिकाले नछाड्ने बताए। हालसम्म नगरपालिकाले अनुगमनको कार्यविधि नबनाउँदा फोहोर गर्ने, कालोबजारी गर्ने र ठगी गर्नेलाई अनुगमनका क्रममा कारबाही गर्ने चेतावनीबाहेक अन्य कारबाही गर्न सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.