लागुऔषधविरुद्ध प्रहरीलाई स्कुले विद्यार्थीको साथ

लागुऔषधविरुद्ध प्रहरीलाई स्कुले विद्यार्थीको साथ

गुलरिया : जिल्लामा लागुऔषधको प्रयोग अन्त्य गर्न प्रहरीले विद्यालयहरूमा सचेतना अभियान सुरु गरेको छ। पछिल्लो समय जिल्लाका विभिन्न स्थानीयतहमा लागुपदार्थको प्रयोग बढेको भेटिएपछि प्रहरीले विद्यार्थीहरू मार्फत अभियान गरेको हो।

बर्दियामा दुई महिनाको अवधिमा २१ जना लागुपदार्थ कारोवारी पक्राउ गर्न प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए।

एसपी मैनालीका अनुसार मोतिपुर नगरपालिकाबाट ४ जना, राजापुरबाट ४ जना र मधुवन नगरपालिकाबाट ७ जनालाई पक्राउ गरी लागुऔषध विरुद्धको मुद्धा चलाइएको छ। अन्य पालिकाहरूबाट ६ जना युवालाई प्रहरीले लागुऔषध कसुरमा पक्राउ गरेको हो।

कतिपय मुद्धा चलाउन नपर्ने युवाहरुलाई सचेत पार्दै परिवारको जिम्मा समेत लगाएकी मैनालीले बताए। पक्राउ परेकाहरूमा कोही कारबारी छन् त कतिपय प्रयोगकर्ता छन्।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बर्दियामा लागुऔषध अन्त्य गर्न कार्ययोजना बनाएर अघि बढेको बताए। विभिन्न ७ वटा कार्ययोजना निर्णय गरी अभियान अघि बढाएको र पहिलो चरणमा विद्यालयहरूमा सचेतना अभियान सम्पन्न गरेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.