गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

अछाम : चौरपाटी गाँउपालिकाले चौरमाण्डौ प्राथमिक स्वास्थ्य चौकीमा सेवा लिन आउने सुत्केरी महिला र आकस्मिक गर्भवती सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ। मातृ शिशु मृत्युदर कम गर्न गाउँपालिकाका सातवटै वडाका गर्भवती महिलाको लागि गाँउपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने गाउँपालिका अध्यक्ष हर्कबहादुर साँउदले जानकारी दिए।

‘आमा तथा शिशुहरुको सुरक्षाका लागी आमा सुरक्षा कार्यक्रम अन्तर्गत एम्बुलेन्स सेवा निःशुल्क गरेका छौँ', उनले भने, 'अब समयमै उपचार नपाएका कारण अकालका कोही पनि गर्भवति आमाले ज्यान गुमाउनुपर्ने छैन। सबैको पहुँचमा एम्बुलेन्स सेवा पुर्‍याउने छौँ।’

सोमबार बसेको गाँउकार्यपालिका बैठकले सुत्केरी तथा गर्भवती महिला बाहेक चौरमाण्डौ प्राथमिक स्वास्थ्य चौकीमा सेवा लिन आउने अन्य बिरामीका लागि सातवटै वडाको लागि एम्बुलेन्सको दर पनि रेट तोकेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाका अनुसार वडा नं. १ सिउडीमा एक हजार, वडा नं. २ सोकटसम्म दुई हजार ५ सय, वडा नं. ३ गगुडासम्म एक हजार ५ सय तोकेको छ। यस्तै वडा नं. ४ पायल र वडा नं. ५ लुंग्रासम्म एक हजार दुई सय, वडा नं. ६ दुनि चौखुट्टे र सम्म २ वडा नं. ७ मार्कुसम्म २ हजार तोकेको छ।

यस्तै गाउँपालिकादेखि वयालपाटा अस्पतालसम्म ३ हजार ५ सय र मंगलसेन जिल्ला अस्पताल मंगलसेनसम्म ६ हजार तोकिएको छ। यस्तै जिल्ला बाहिर डोटीको सिलगढीसम्म ५ हजार, धनगढीसम्म १२ हजार, नेपालगञ्जसम्मका लागि १५ हजार तोकिएको निमित्त प्रशासकीय अधिकृत थापाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.