प्रदेशले सुरक्षाको विषयमा संघीय सरकारसँग समन्वय गर्नुपर्छ : गच्छदार

प्रदेशले सुरक्षाको विषयमा संघीय सरकारसँग समन्वय गर्नुपर्छ : गच्छदार

विराटनगर : कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सुरक्षा संवेदनशील विषय भएकाले प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वयमा कानुन निर्माण गर्नुपर्ने बताएका छन्। 

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले परराष्ट्र, अर्थ र सुरक्षाजस्ता विषयमा प्रदेश सरकारले केन्द्रसँग समन्वय गर्नु नै राम्रो हुने प्रष्ट पारे। 

पूर्वउपप्रधानमन्त्री गच्छदारले प्रदेशको आन्तरिक सुरक्षाका लागि कानुनसम्मत ढङ्गले प्रदेश सरकार अगाडि बढ्नुुपर्नेमा जोड दिए। 

कांग्रेस विजयी भएको स्थानीय निकायमा सङ्घीय सरकारले बजेट कटौती गरी भेदभाव गरेको आरोप लगाउँदै उनले यसबाट स्थानीय सरकारले स्वायत्त तथा आत्मनिर्भर भएर जनताको विकासको चाहना पूरा गर्न नसकेको धारणा व्यक्त व्यक्त गरे। 

उनले भारतसँगको थप चार हवाई मार्ग प्राप्त गर्ने सहमति कार्यान्वयन हुन नसकेमा सरकारको असफलता हुने बताए। 

महँगी वृद्धि र जनतामा कर भार थपिएकामा, दिन प्रतिदिन शान्तिसुरक्षाको अवस्था बिग्रदो भएकामा तथा करणी र हत्याका घटना वृद्धि भएकोप्रति चिन्ता व्यक्त गरे।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.