लागुऔषधसहित श्रीमान-श्रीमती पक्राउ

लागुऔषधसहित श्रीमान-श्रीमती पक्राउ

भैरहवा : भारतबाट ठूलो परिमाणमा नेपाल ल्याइएको लागुऔषधसहित श्रीमान-श्रीमती पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरुमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका २ का २५ वर्षीय ओमप्रकाश हरिजन र २४ वर्षीया गुड्डी हरिजन रहेको प्रहरीले जानकारी दिएको छ। यो दम्पत्तीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणको विशेष टोलीले पक्राउ गरेको हो।

उनीहरुको साथमा रहेको डाइजेपाम २ सय सीसी, फेनरागन २ सय सीसी र नुफिन २ सय सीसी बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुदर्शनप्रसाद शर्मा सिलवालले जानकारी दिए।

साइकलमा चढेर आइरहेको दम्पत्तिलाई रुपन्देहीको सिद्धार्थनगर नगरपलिका २ मेउडिहवामा चेकजाँच गर्दा श्रीमतीले बोकेको झोलाबाट उक्त परिमाण बराबरको लागुऔषध बरामद भएको उनले बताए।

पक्राउ परेका दम्पत्तिलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.