पराल बोकेको ट्रकमा कपडा

पराल बोकेको ट्रकमा कपडा

भैरहवा :  प्रहरीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको कपडा बरामद गरेको छ । पराल बोकेको ट्रकमा अवैध रुपमा कपडा लुकाएर ल्याउँदै गर्दा नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका त्रिवेणी चोकबाट बरामद गरिएको  सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्दबहादुर खातीले जानकारी दिए ।

उनले पराल बोकेको ना २ ख ६१७५ नम्बर ट्रकमा राजश्व छली गरेर भित्र्याइएको १ सय ४४ थान कुर्ता सुरुवाल, ९० थान साडी र २ सय ९३ मिटर पर्दाको कपडा बरामद भएको बताए । 

 ६ लाख मूल्य बराबरको कपडासहित ट्रकसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  भारतीय सिमानाका झुल्नीपुरबाट भित्र्याइएको  कपडा चितवन लैजान लागिएको अवस्थामा बरामद गरिएको छ  । बरामद कपडा र ट्रक भैरहवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

नवलपरासी क्षेत्रबाट प्रहरीकै मलोमतोमा तस्करी भइरहेको स्रोतले बताएको छ । नवलपरासीमा सुरक्षा निकायकै संरक्षणमा तस्करी मौलाएपछि प्रहरी रुपन्देही र  नवलपरासी क्षेत्रमा तस्करी नियन्त्रणमा लागेको छ ।

सशस्त्र प्रहरी बल नेपाल राजश्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म , रुपन्देहीले पहिलो आर्थिक वर्ष २०७५/०७६ को तीनमा महिना साउनदेखि असोजसम्म ९१ लाख ५८ हजार बढी मूल्य बराबरको राजश्व छली गरेर भित्र्याइएको विभिन्न अवैध समाग्री नियन्त्रणमा लिएर राजश्व अनुसन्धान र भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.