षड्यन्त्रकारीको 'ओथाराे' काम लाग्दैन : प्रधानमन्त्री ओली

षड्यन्त्रकारीको 'ओथाराे' काम लाग्दैन : प्रधानमन्त्री ओली

बिर्तामोड : प्रधानमन्त्री केपी शर्मा ओलीले चानचुने षड्यन्त्रले कुनै हालतमा सरकार नढल्ने बताएका छन्। बिहीबार झापाको बिर्तामोडमा आयोजित दसैं शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

ओलीले सरकारले काम गरेन भन्दै षड्यन्त्र गर्नेको ओथाराे काम नलाग्ने दाबी गरेका छन्। ‘सरकारले केही गरेन भन्दै हाल्ला फैलाउने र षड्यन्त्र गर्नेको ओथाराे काम लाग्दैन’, ओलीले भने, ‘सरकारले नागरिकको नाकमा कालो दल्ने काम कहिल्यै गर्दैन।’ 

ओलीले नवदुर्गा माताको शक्ति सरकारलाई पनि प्राप्त भएकाले षड्यन्त्रकारी आफैं पराजित हुने दाबीसमेत गरेका छन्। ‘नवदुर्गा माताको शक्ति सरकारलाई पनि प्राप्त भएको छ’, उनले भने, ‘षड्यन्त्र गर्ने आफैं पराजित जान्छन्, नागरिकले दुःख नमाने हुन्छ।’ 

प्रधानमन्त्री ओलीले धेरै नागरिकको चाहनाले नै अहिलेको सरकार बनेको र आफूलाई प्रधानमन्त्री बनाएको बताउँदै सरकार सुशासनको बाटोबाट पछि नहट्ने बताए। सरकारको लक्ष्य भनेकै राष्ट्रिय संकल्प पूरा गर्ने र सो संकल्प भनेकै विकास भएको उनको भनाइ छ। ओलीले विकासको पाइला नरोकिएको बताउँदै विकासको चरण सबैले बुभ्mनू आवश्यक भएको बताए।

आफू प्रधानमन्त्री हुँदा सरकारको ढुकुटी रित्तो अवस्थामा रहेको, संघीय र स्थानीय सरकार निर्माण गर्नुपर्ने, विकासका काम बीचमा नै रोकिएको अवस्थामा रहेकाले सबैलाई गति दिन समय लागेको उनको भनाइ छ। 

चुनावमा बोलेको कुरा पूरा नहुँदा ओली दुःखी 
प्रधानमन्त्री ओलीले चुनावताका आफूले बोलेका कुरा पूरा नहुँदा दुःख लागेको बताएका छन्। उनले चुनावमा घोषणा गरे अनुसार नै वृद्धभत्ता बढाउने आवश्वासन भने दिए। 

‘केही कुरा चुनाव ताका बोले पनी पूरा गर्न नसक्दा मलाई दुःख लागेको छ’, ओलीले भने,  ‘आगामी वर्षदेखि वृद्धभत्ता बढाएर वितरण गर्ने तयारी सुरु भएको छ।’ 

कोशी र गण्डकीमा पानी जहाज चलाउने आफ्नो कुरालाई धेरैले हावामा उडाएको गुनासो गर्दै उनले आफू नेतृत्व सरकारकै पालामा बोलेको कुरा पूरा गरेर देखाउने बाचा गरे। उनले पाँच वर्षमा रक्सौल–काडमाडौं रेल सेवा सुरु हुनेमा शंका नगर्न आग्रह गर्दै सरकार महत्वपूर्ण योजनामा लागेको बताए। 

प्रधामन्त्री ओली बिर्तामोडमा शुभकामना आदनप्रदान कार्यक्रममा सहभागी हुनुपुर्व चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको भवनमा आयोजित कार्यक्रममा सहभागी बनेका थिए। ओली अपरान्ह काडमाडौं फर्किएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.