चौरपाटी गाँउपालिकाले बस सञ्चालन गर्ने

चौरपाटी गाँउपालिकाले बस सञ्चालन गर्ने

अछाम : चौरपाटी गाँउपालिकाले कैलालीको अत्तरियादेखि गाउँपालिकासम्म बस सेवा सञ्चालन गर्ने भएको छ । चौखुट्टे –चौरपाटी– पायल–चित्रे सडकको स्तरोन्नति गरी मंसिर १५ गतेभित्र बस र मालवाहक ट्रक सञ्चालनमा ल्याउने गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँदले जानकारी दिए ।

सडकको स्तरोन्नतिका लागि शनिबार उपभोक्ता समिति गठन गर्ने क्रममा अध्यक्ष साँउदले जनतालाई सहज रुपमा सेवा प्रदान गर्न बस सेवा सञ्चालन गर्न लागिएको बताए ।

उनले भने, ‘चौखुट्टे –चौरपाटी– पायल–चित्रे सडकको स्तरोन्नतिको काम ठेकेदारमार्फत गराइने छ , कामको गुणस्तरियता रेखदेख तथा अनुगमनको जिम्मा उपभोक्ता समिति गठन गरेर दिएका छौं । काम पूर्णरुपमा सम्पन्न भए मात्र अन्तिम भूक्तानी दिइने छ ।’

गाँउपालिकामा बस र ट्रक सञ्चालनमा आए गाँउपालिकाको पायल, लुंग्रा, सिउडी, सोकटका साथै डोटीको पोखरी लगायतका स्थानीयवासीलाई सहज हुने अध्यक्ष साँउदले बताए ।

उनले गत वर्षका उपभोक्ता समितिको कार्य सन्तोषजनक नभएको भन्दै यो आर्थिक वर्षका योजनालाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नका लागि काम गर्न सक्ने उपभोक्ता समितिलाई मात्र जिम्मा दिने जानकारी दिए । सडकको स्तरोन्नतिका लागि चेतमान बोगटीको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.