आयात रोक्न सामूहिक फूलखेती

आयात रोक्न सामूहिक फूलखेती

बिर्तामोड : झापा बिर्तामोडका महिलाले सयपत्री फूलको व्यावसायिक खेती सुरु गरेका छन्। सामान्य कार्यक्रमदेखि पूजामा समेत प्रयोग हुने सयपत्री फूल र माला भारतबाट आयात गर्नुपर्ने बाध्यताको अन्त्य गर्न बिर्तामोड नगरपालिकाका ३५ जना महिलाले यसपत्री फूलको व्यावसायिक खेती सुरु गरेका हुन्।

‘सामान्य कार्यक्रममा अतिथिलाई लगाउने मालादेखि पूजापाठमा प्रयोग गरिने फूलमा समेतमा भारतको भर पर्नुपर्ने भएकाले अभियान स्वरुप हामीले खेती सुरु गरेका हौं’, फूलखेतीमा लागेका महिला उद्यमी संघकी अध्यक्ष गोमा भट्टराईले भनिन्, ‘उनीहरूले महिलाको समूह गठन गरेर खेती गरेका हुन्।

अहिले उनीहरूले रोपेको फूल ढकमक फूलेको छ। बजारमा माग पनि उच्च रहेको अध्यक्ष भट्टराईले बताइन्। अघिल्लो वर्ष सामान्य उत्पादन भएको फूललेनै बजार राम्रो पाएपछि यो वर्ष एक बिघा जमिनमा फूलखेती गरेको उनको भनाइ छ। ३५ जना महिलाको समूहले सामूहिकरूपमा बिर्तामोडमा सामूहिक फूलखेती गरेका हुन्। हाल दैनिक दुई सयदेखि तीन सय हाराहारीमा सयपत्री फूलका माला बिक्री हुने उनीहरू बताउँछन्।

कुनै विषादीको प्रयोग नगरी शुद्ध अर्गानिकखेती पद्धतिमार्फत फूलखेती गरेकाले पनी भारतबाट आयात गरिएभन्दा आफूहरूले उत्पादन गरेको फूलको माग बढिरहेको अध्यक्ष भट्टराईले बताइन्। ‘समूहको लक्ष्य नै भारतबाट माला र फूलआयात घटाउनु हो, पहिले झापाको मुख्य बिर्तामोड क्षेत्रमा भारतको आयत घटाउँछौ, बिस्तारै झापासहित अन्य जिल्लामा पनि यहाँकै फूल र माला पुर्‍याउने लक्ष छ’, उनले भनिन्।

फूलखेती गर्न महिलालाई बिर्तामोड नगरपालिकाले तालिम दिएर सहयोग गरेको थियो। भारतको कोलकात्ताबाट पहिलोपटक सयपत्री फूलको बीउ ल्याएर रोप्न सुरु गरेका महिलाले अहिले आफै बीउ पनि उत्पादन गर्दै आएका छन्। बीउ र लिजमा लिएको जग्गाको मूल्य जोड्दा वर्षमा एक लाख ४० हजार मात्र खर्च हुने समूहको भनाइ छ।

उनीहरूले उत्पादन गरेको सयपत्री फूलको माला प्रतिगोटा ४० देखि ६० रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ। सयपत्री फूललाई बाह्रै महिना फूलाउन सकिने भएकाले सिजन–सिजनमा यसलाई रोप्ने गरिएको छ। बीउ रोपेको पाँच महिनामा यसले उत्पादन दिन सुरु गर्ने जनाइएको छ। आगामी वर्ष यसलाई अझ बढाएर ४–५ बिघा बनाउने लक्ष्य राखेको अध्यक्ष भट्टराईको भनाइ छ।

बिर्तामोड नगरपालिकाको वडा १ ले फूलमा आफ्नो वडालाई आत्मनिर्भर बनाउने अभियाननै सञ्चालन गरेको छ। तर, अझै पनि बिर्तामोडमानै आर्गानिक फूलका माला पाइनछ भन्ने थाहा नपाउँदा मानिस भारततर्फ जाने गरेका छन्। महिला उद्यमी संघ नेपाल झापाले उत्पादन गरेका माला बिर्तामोड, सुरुङगा, बुधबारेलगायत क्षेत्रमा पनि बिक्री हुन्छ। यसपटक मौसमले पनि साथ दिएकाले सयपत्री ढकमक्क फूलिरहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.