दुर्घटना रोक्न पर्यटक गाइडलाई तालिम

दुर्घटना रोक्न पर्यटक गाइडलाई तालिम

काठमाडौं : पर्यटक बर्सेनि बेपत्ता हुन थालेको तथ्यांक सार्वजनिक भएसँगै नेपाल पर्वतारोहण प्रशिक्षक संघले पर्यटक गाइडलाई नक्सा, कम्पास र जीपीएस ट्र्याकिङ प्रयोगसम्बन्धी तालिम दिएको छ। गाइडले नक्सा, कम्पास र ग्लोबल पोजिसनिङ सिस्टमको प्रयोग गर्न नजान्दा पर्यटक बेपत्ता हुने गरेका प्रशिक्षक गाइडहरूले बताएका छन्।

प्रहरीको तथ्यांकले पाँच वर्षको अन्तरमा ६२ जना विदेशी पर्यटक बेपत्ता भएको देखाएको छ। ०६९÷०७० मा ८, ०७०÷७१ मा १२, ०७१÷७२ मा १२, ०७२÷७३ मा १४ र ०७३÷७४ मा १६ बेपत्ता भएका तथ्यांकमा उल्लेख छ। यस्तै तीन वर्षमा दुई सय सात विदेशी पर्यटकको मृत्यु भएको पनि तथ्यांकमा उल्लेख गरिएको छ। मृत्यु र बेपत्ताको क्रम बढ्न थालेको भन्दै नेपाल पर्वतारोहण प्रशिक्षक संघले पहिलो पटक ७३ जना गाइडलाई तालिम दिएको हो।

तालिमले पदयात्रा र पर्वतारोहणमा जाने पर्यटक बेपत्ता हुनबाट जोगिने दाबी गरेको छ। नक्सा, कम्पास र ग्लोबल पोजिसनिङ सिस्टमको प्रयोग जाने संसारको जुनसुकै ठाउँ पुगेर फर्कन सकिने भएकाले गाइडलाई पहिलो पटक तालिम दिइएको नेपाल पर्वतारोहण प्रशिक्षक संघका उपाध्यक्ष फूर्वा नाम्ग्यल शेर्पाले बताए।

 पदयात्रा र पर्वतारोहणमा जाने पर्यटक प्रविधिको ज्ञानको अभावले बेपत्ता हुने क्रम बढ्दै गएकाले पर्यटन व्यवसायलाई समेत प्रभावित बनाएको शेर्पाको भनाइ छ। शेर्पाले भने, ‘नक्सा र कम्पासले देखाएको जानकारी प्राप्त भए जुनसुकै स्थानबाट पनि उद्धार गर्न सकिन्छ।’ एडभेन्चर क्षेत्रमा यी प्रविधि जान्नु आवश्यक छ।

एडभेन्चर जीवनमा कसरी बँच्ने भन्ने मुख्य हुन्छ, गाइडले पर्यटकलाई कसरी सहयोग र सुरक्षित गर्ने भन्ने नै मुख्य हुन्छ। संघले हात्तीवन र काठमाडौंका विभिन्न स्थानमा यससम्बन्धी सातदिने तालिम दिएको हो। यो तालिममा नक्सा तथा कम्पासको प्रयोग, जीपीएस ट्र्याकिङ गरी आफू रहेको स्थान पत्ता लगाउनेलगायत सिकाइएको छ। यो प्रविधिको प्रयोग गर्न नजान्नु नै बेपत्ता र मृत्युको मुख्य कारण भएको पर्वतारोहण प्रशिक्षक संघका अध्यक्ष शेर्पाले बताए।

विपत्तिमा यो प्रविधिको प्रयोग गर्न सके उद्धार गर्न सकिने, बाटो हराए खोज्न सकिन्छ। प्रशिक्षक गाइडहरूले यो विषय विद्यालय तहमै राखिनुपर्ने बताउँछन्। नयाँ विषय भएकाले यस क्षेत्रसँग सम्बद्ध हरेकलाई अनिवार्य भएको शेर्पाको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.