कृष्णनगरको कर्फ्यू १२ बजे सम्मका लागि हट्यो
तौलिहवा : जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर बजार क्षेत्रमा आइतबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यू हटाएको छ । सोमबार बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । दुर्गा पुजाको मूर्ति विसर्जनका क्रममा स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदाय बीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको थियो ।
कर्फ्यू हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ। शनिबारदेखि बढेको विवाद सोमबारदेखि सामान्य बनेको हो । गएराति कडा सुरक्षाकाबीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको गरियो । विजया दशमीको भोलीपल्ट एकादशीमा पूजाको मूर्तिै विसर्जन गरिदै आएको भएपनि यस बर्ष विवादपछि द्वादसी तिथीमा मूर्ती विसर्जन गरिएको हो ।