यसरी मनाए कलाकारले दसैं

यसरी मनाए कलाकारले दसैं

काठमाडौं: दसैंको टीका थापेर सामाजिक सञ्जालमा तस्बिर राख्ने काम जारी छ। कलाकारहरू पनि यो काममा पछि परेनन्। नायिका प्रियंका कार्की, साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा राउत, नायक अनमोल केसी, पल शाहजस्ता कलाकारले दसैंको फोटो फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा पोस्ट गरे।

नायिका साम्राज्ञीले आफ्नो परिवारजनसँग टीकापछिको फोटो सेसन फेसबुकमा पोस्ट गरेकी छिन्। त्यस्तै प्रियंकाले आयुषमान देशराजको परिवारसँग दसैं मनाएको फोटो पोस्ट गरिन्। वर्षा राउतले दसैं २०७५ भन्दै दशमीका दिन मान्यजनबाट टीका ग्रहण गरेको फोटो पोस्ट गरिन्। अनमोलले बुवा भुवन केसीको हातबाट टीका लगाएको फोटो इन्स्टामा पोस्ट गरेका छन्। त्यस्तै पल शाहले पनि आफ्नो परिवारको साथमा दसैं मनाएको फोटो पोस्ट गरेका छन्। कलाकारहरू जितु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्ने बुढा)ले पनि दसैंको फोटो पोस्ट गरेका छन्।

नायक आकाश श्रेष्ठले भने दसैं तुुलसीपुुर, दाङको घरमा मनाएका छन्। उनले टीकापछि आमासँग खिचिएको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। ‘दसैं मनाउन भनेरै म अलि छिट्टै घर आएँ’, उनले भने, ‘यस्तो चाडबाडले परिवार आफन्तलाई अझै नजिक बनाउँछ।’ दसंैमा दक्षिणा गन्न निकै मन पर्ने आकाश हाँस्दै भन्छन्, ‘बच्चामा त दक्षिणा टन्न पाइन्थ्यो तर अहिले आफैंले दिनुुपर्छ।’

निर्देशक तथा कलाकार दीपा श्री निरौलाले पनि दसैंको टीका फेसबुकमा पोस्ट गरिन्। दसैंमा मासुका विभिन्न परिकार बनाएर खाने चलन भए पनि दीपा श्री शाकाहारी हुन्। त्यसैले उनलाई बलिप्रथा मन पर्दैन। सबै नेपालीलाई शाकाहारी बन्न सल्लाह छ उनको। भन्छिन्, ‘भेजिटेरेन्ट भएपछि बोलीमा समेत हिंसाका शब्दहरू आउँदैन।’

नेपालीहरूको महान् चाड दसैंमा मान्यजनबाट टीका र जमरा लगाई आशिष लिन प्रायः सबै आ–आफ्नो घर जान्छन्। मीठो खाने, राम्रो लगाउने चाडको रूपमा मनाइँदै आइएको दसैंमा चंगा उडाएर रमाइलो गर्नेहरू पनि धेरै छन्। मासुुका परिकार बनाउनेदेखि तास फिट्दै साथीभाइसँग पनि रमाइलो गरी यो चाड मनाइन्छ। कलाकार सेलिब्रिटीहरूले पनि यसपालिको दसैं भिन्नभिन्न तरिकाले मनाए।

‘पानी पर्यो’ म्युुजिक भिडियोबाट चर्चामा आएका ‘दि कार्टुुन्ज क्रुु’लाई यसपालिको दसैं भ्याइनभ्याइ भयो। दसैंभरि नै पूरै टिम एक म्युजिक भिडियो बनाउन व्यस्त रह्यो। ‘यसपालिको दसैं काममै व्यस्त।’ क्रुका मेम्बर सरोज अधिकारीले बताए। दसैंकै मौंका छोपेर घटस्थापनादेखि फिल्म ‘छक्का पञ्जा ३’ देशभर प्रदर्शन भयो। फिल्म ‘जयभोले’ फूलपातीको दिनदेखि प्रदर्शनमा आयो। यी दुुवै फिल्मका टिम दसैंभरि चलचित्र प्रदर्शनमै व्यस्त रहे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.