दाइको हत्या गरी फरार रहेका भाइ १५ वर्षपछि पक्राउ
सन्धिखर्क : अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आफ्नै दाजुको हत्या गरी फरार रहेका भाइ १५ वर्ष पछि पक्राउ परेका छन्। अर्घाखाँचीको भुमिकास्थान नगरपालिका- ८ सुर्सिङ्गमा २०६१ साल कार्तिक ६ गते घरायसी विवादमा दाइको हत्या गरी फरार रहेका २६ वर्षीय जीतबहादुर नेपाली १५ वर्ष पछि पक्राउ परेका हुन्।
३५ वर्षीय दाइ हेमबहादुर नेपालीको घरायसी विवादमा हत्या गरी फरार रहेका जीतबहादुरलाई सन्धिखर्क नगरपालिका - ४ टुनीपोखरामा रहेको ससुरालीघरबाट प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए।
भारतको कानपुरमा लुकिछिपी बस्दै आइरहेको गोप्य सूचनाको आधारमा आइतबार राति प्रहरीले पक्राउ गरेको प्रनाउ मल्लले जानकारी दिए।